अधिकारकर्मी कडायत सह सचिवमा निर्विरोध चयन

अधिकारकर्मी कडायत सह सचिवमा निर्विरोध चयन

काठमाडौं (पहिचान) भदौ ६ – प्राज्ञिक परिषद् बुढानिलकण्ठ नगर ईकाई समितिमा अन्तरलिंगी अधिकारकर्मी बिपिन कडायत सह सचिवमा निरबिरोध चयन भएका छन् । २०५२ सालमा स्थापना भएको प्राज्ञिक विद्यार्थी परिषद्ले आफूलाई देशको एक स्वतन्त्र विद्यार्थी संगठनको रुपमा चिनाउँदै आएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद अन्र्तगतको बुढानिलकण्ठ नगर ईकाई समितिमा कडायत सह सचिवमा निरबिरोध चयन भएका हुन । सह सचिवमा निर्विरोध चयन भएपछि आफुलाई थप जिम्मेवारी बनाएको कडायतले बताए । आगामी दिनमा बुढानिलकण्ठ नगरपालिकामा हुने हरेक कार्यक्रममा आफ्नो सक्रिय सहभागीता रहने कडायतको भनाई छ ।

परिषद्ले स्थानीय सरकार र केन्द्रीय सरकारलाई ठोस नीतिगत सल्लाह सुझाव, विभिन्न सिपमुलक प्रशिक्षण संञ्चालन, नगरपालिका भित्र विभिन्न ठाउमा निःशुल्क कम्प्युटर तालिम र बिशेष तयारी कक्षा संचालन गर्ने बताए । जीवन उपयोगि सिप, रक्तदान, वृक्षारोपण, सरसफाइ, स्वास्थ शिविर लगायतका सेवामूलक कार्यक्रम संचालन गर्दै प्रतिभा सम्मान कार्यक्रम गर्ने उदेश्य परिषद्को रहेको कडायतले जानकारी दिए ।

कुनै पनि जातजाति, वर्ग, धर्म, लिंगका आधारमा कुनै पनि पक्षपात नगरि सबैलाई समान व्यवहार गर्ने आफ्नो पनि उद्धेश्य रहेको सह सचिव कडायतको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.