निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जवरजस्ती बलात्कार भएको तेस्रोलिंगी मोनिकाको जाहेरी

जवरजस्ती बलात्कार भएको तेस्रोलिंगी मोनिकाको जाहेरी

663
SHARES

कैलाली (पहिचान) भदौ १० – तेस्रोलिंगी मोनिका शाहीले श्रीमानबाट जवरजस्ती बलात्कार भएको जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा तेस्रोलिंगी मोनिकाले जवरजस्ती बलात्कारमा परेको भन्दै जाहेरी दिएकी हुन् ।

२०७४ साल बैशाखमा डडेल्धुराको परसुराम नगरपालिकाका रमेशनाथसँग विवाह गरेकी मोनिकाले आफुमाथि जवरजस्ती बलात्कार भएको प्रहरीमा दर्ता गराएको उजुरीमा उल्लेख गरेकी छन् ।

मोनिकले दिएको उजुरीमा गत साउन अन्तिम साता धनगढीको एक होटेलमा पति रमेश नाथसँगै बसेको समयमा आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख छ ।

लागू औषध सेवन गरेर श्रीमान रमेशले कुटपिट गरी जवरजस्ती बलात्कार गरेको मोनिकाले बताइन । मोनिका रमेशनाथकी कान्छी श्रीमती हुन् । रमेशनाथकी जेठी श्रीमतीले स्वीकृती दिएको भन्दै परसुराम नगरपालिकामा विवाह दर्ता गराएका थिए ।

वैवाहिक जीवन सुरु गरे लगत्तै उनीहरुले विवाह दर्ता र नाता प्रमाणित समेत गराएका थिए । दुवै जनाले नेपालको पहिलो समलिंगी विवाह भन्दै विभिन्न संचारमाध्यमलाई अन्तरवार्ता समेत दिएका थिए । ‘तर, आफ्नो र परिवारको इज्जतका लागि कतै उजुरी गरिन मोनिकाले भनिन्, पटक पटक जवरजस्ती हुन थालेकाले जिल्ला प्रहरी कार्यालय कैलालीमा रमेशनाथ (श्रीमान) विरुद्ध उजुरी दर्ता गरेकी हुँ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले सुरुमा उजुरी दर्ता गर्न नमानेको मोनिकाले सुनाइन् । तेस्रोलिंगी पनि कही बलात्कारमा पर्छन भन्दै प्रहरी कार्यालयले मुद्धा दर्ता गर्न नमानेको उनले बताइन । उनले जिल्ला अदालत कैलालीमा सासु ससुरा विरुद्ध अंश मुद्धा समेत दर्ता गरेको जानकारी दिइन ।

कैलालीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक सुदिप गिरीले वैवाहिक जोडी बलात्कारमा परेको उजुरी आए दर्ता गर्नुपर्ने नयाँ मुलुकी अपराध संहिताका आधारमा उजुरी दर्ता गरेको जानकारी दिए । गिरीले मोनिकाका श्रीमानको खोजी भइरहेको बताए । सुरुमा कुन कानून अनुसार उजुरी लिने भन्ने अन्यौल थियो गिरीले भने, वैवाहिक जोडी बलात्कारमा परेको उजुरी लिन सकिने मुलुकी अपराध संहिता अनुसार उजुरी दर्ता गरेका हौं । मोनिकाले सुरुमा विवाह दर्ताको प्रमाण नल्याएकाले दर्ता नगरेको उनले बताए । प्रमाण ल्याएपछि दर्ता गरेर उनका श्रीमानको खोजी गरिरहेको गिरीले बताए ।

तेस्रोलिंगी मोनिकाले सेती अञ्चल अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराएको बताइन् । यो मेरो मात्रै मुद्धा होइन उनले भनिन्, समग्र तेस्रोलिंगी माथि बलात्कार हुन्छ भन्ने नजिर समेत हो । केहीदिनअघिसम्म मोनिकाले आफ्नो जोडी हाँसी खुसी बाँचेको प्रतिक्रिया दिएकी थिइन ।

मोनिकाले दिएको उजुरी र अंश मुद्धाबारे प्रश्न गर्दा रमेशनाथका बुबा भवानी नाथले कुनै प्रतिक्रिया दिएनन् ।

समाचार शेयर गर्नुहोस्
663
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.