‘यौन शिक्षा घरबाटै सिकाउन सके लैंगिक हिंसा कम हुन्छ’

‘यौन शिक्षा घरबाटै सिकाउन सके लैंगिक हिंसा कम हुन्छ’

sf7df8f}F, !% sflQs -/f;;_M n}+ªlus lx+;f lgoGq0f ;jfndf ;/f]sf/jfnfsf] e"ldsf sfo{qmd sf7df8f}Fdf z'qmaf/ cfof]lht n}+ªlus lx+;f lgoGq0f ;jfndf ;/f]sf/jfnfx?sf] e"ldsf tyf dlxnf :jo;]ljsfnfO{ cled'vLs/0f sfo{qmddf ;xefuL x'Fb} dlxnf afnaflnsf tyf Ho]i7 gful/sdGqL yddfof yfkf. t:jL/ M /f]zg ;fksf]6f

काठमाडौं (पहिचान) कार्तिक १५ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताएकी छन् । मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै तहका सरकारसँगै स्थानीय समुदायको समेत सहभागितामा हिंसा न्यूनीकरण गर्न सकिने उनको भनाई छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरीय प्रहरी परिसर, लैंगिक हिंसा नियन्त्रण सञ्जाल र संरक्षक समूह नेपालद्वारा आयोजित ‘लैंगिक हिंसा नियन्त्रणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री थापाले मुलुकमा हिंसाको रुप कस्तो छ र कुन ठाउँमा कस्ता खालका घटना भइरहेका छन् भन्ने विषयमा सरकारले अध्ययन गर्न आवश्यक तयारी गरेको जानकारी दिइन ।

“ठोस योजना बनाएर अघि बढ्नसके हिंसाविरुद्ध महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ, फरकफरक क्षेत्राधिकार भएकाले तीनै तहको सरकारको उत्तिकै भूमिका हुन्छ, कानूनभन्दा पनि ठूलो कुरा भनेको सोच र चिन्तन हो, आफैँ रुपान्तरण हुनुु आवश्यक छ”, उनले भनिन ।
यो वर्ष सरकारले महिला हिंसाविरुद्धको अभियान शुरु गरेको जानकारी दिँदै मन्त्री थापाले २०६३ जेठ १६ गते संसद्द्वारा महिला अधिकारको विषयमा महत्वपूर्ण प्रस्ताव पारित गरेकोे सम्झनामा यो वर्षदेखि दिवस मनाउने तयारी गरिएको उल्लेख गरिन ।

पुनःस्थापित संसद्ले तत्कालीन जेठ ४ गते विभिन्न प्रस्ताव ल्याएकामा महिला अधिकारको विषयलाई सम्बोधन गरिएको र जेठ १२ गते अर्काे प्रस्ताव पेश भएको र त्यसमा ३३ प्रतिशत महिला सहभागिता हुनपर्ने, लैंगिक हिंसा अन्त्य हुनुपर्ने, विभेद खारेज गर्नुपर्ने र आमाको नामबाट नागरिकता पाउनुपर्ने विषय समावेश थियो । उक्त प्रस्ताव जेठ १६ गते पारित भएको जानकारी दिँदै मन्त्री थापाले त्यही उपलब्धि भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको बताइन ।

मन्त्री थापाले हिंसा नियन्त्रणका लागि यही कात्तिक १७ देखि सातै प्रदेशमा छलफल कार्यक्रम शुरु गर्न लागिएको र मंसिर ९ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुने जानकारी दिइन ।

रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षेत्रीले यौन शिक्षा घरबाटै सिकाउन सकियो भने हिंसा न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने उल्लेख गरे ।

उनले हिंसाका घटना झण्डै ३१ प्रतिशतले वृद्धि भइरहेको जानकारी दिँदै यस्ता आपराधिक घटना न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको बताए । उक्त कार्यक्रम शुरु भएको एक वर्षमा झण्डै छ लाखलाई प्रशिक्षण दिइसकिएको प्रमुख प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए ।

रासस

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.