निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कुटपिट गर्ने प्रहरी विरुद्ध मानव अधिकार आयोगमा उजुरी

कुटपिट गर्ने प्रहरी विरुद्ध मानव अधिकार आयोगमा उजुरी

485
SHARES

काठमाडौं (पहिचान) पुस १५ – सडकमा हिड्दै गर्दा कुटपिट गर्ने प्रहरी अधिकृत विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । काठमाडौंको वीर अस्पताल अगाडी पार्किङमा राखिएको स्कुटी लिन जादाँ कुटपिट गर्ने प्रहरी अधिकृत विरुद्ध तेस्रोलिंगी विपासा महर्जन (परिवर्तित नाम) ले आयोगमा उजुरी दिएकी हुन् ।

विनाकारण कुटपिट गर्ने महानगरिय प्रहरी वृत्त अनामनगरका प्रहरी नायव उपरिक्षक कौशलकुमार बुढाथोकीलाई कारवाहीको माग गर्दै आयोगमा उजुरी दिएको विपासाले बताइन । ‘गत शुक्रबार बेलुकी सवा ८ बजे चिया खाएर पार्किङमा राखिएको स्कुटी लिन जादाँ प्रहरीले लौराले हिर्काए उनले भनिन्, किन कुट्नु भएको भनेर डिएसपी बुढाथोकीलाई भन्दा उल्टै उहाँले पनि लौराले हिर्काउनु भयो ।’

विनाकारण कुटपिट गर्ने तपाई विरुद्ध मानव अधिकार आयोगमा मुद्धा दर्ता गराउछु भन्दा तथानाम गाली गर्दै डिएसपी बुढाथोकीले मुद्धा हाल्दैमा केही फरक पर्दैन भन्दै कुटपिट गरेको विपासाले बताइन । उनले मानव अधिकार आयोग प्रदेश नम्वर ३ को कार्यालय ललितपुर सानेपामा उजुरी दिएको बताइन । विपासाले आइतवार दर्ता गराएको उजुरी नम्वर ४ सय ८९ मा विनाकारण कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्न माग गरिएको जानकारी दिइन ।

महानगरिय प्रहरी वृत्त अनामनगरका डिएसपी कौशल कुमार बुढाथोकीले भने वीर अस्पताल वरपरको क्षेत्र आफू मातहत नरहेको बताए । उनले आफू जस्तै अरु प्रहरी अधिकृतलाई देखेर भनेको हुनसक्ने प्रतिक्रिया दिए ।

राष्ट्रिय मानव अधिकार आयोग ३ नम्वर प्रदेश कार्यालयले उजुरी गोप्य हुने भन्दै छानविन भइरहेको बताएको छ । कतिपय उजुरी छानविन भएर कारवाहीमा गएको र कतिपय छानविनकै क्रममा रहेको आयोगले बताएको छ ।

समाचार शेयर गर्नुहोस्
485
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.