अजिता मृत्युले उव्जाएका आशंका

अजिता मृत्युले उव्जाएका आशंका

काठमाडौं (पहिचान) माघ ५ – जन्म र मृत्यु कसैले चाहेर हुने होइन । छोरा जन्माएकोमा खुशी मानेर भोज दिने चलन कुनै नौलो होइन । छोरी जन्मेकामा खिन्न मन बनाउनेहरु आँखै अगाडी नभएका होइनन् । जन्मदा छोरा र छोरी । हुर्कदै जादाँ उल्टो सुल्टो देखाउनेहरुको संख्या गणना भएको छैन । गणना गराउने आधिकारिकता पाएको निकायमा जन्मदा पुरुष र महिला, हुर्कदै बढ्दै जादाँ फरक हाउभाउ र स्वभाव भएका मान्छेलाई तथ्यांकमा राख्ने जानकारी नै छैन ।

यस्ता व्यक्ति यतिवेला जोडतोडका साथ पहिचानको लडाईमा छन् । देश विदेशमा पहिचानको संघर्ष चलिरहेको छ । विश्वका २६ भन्दा धेरै देशमा फरक पहिचान बनाएका व्यक्तिले परिवारिक जीवनको आनन्द लिइरहेका छन् । यस्तै समाचार सुनेका नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति भने असुरक्षित महसुस गरिरहेका छन् ।
उनीहरु सुरक्षाको माग गरिरहेका छन् । वागमती प्रदेशको राजधानी हेटौडामा शनिवार विहान तेस्रोलिंगी अजिता भुजेलको मृत शरीरले यो समुदायको अगुवालाई झस्कायो ।

झस्काउनुको कारण

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अजिता घटनामा दुई जना यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नियण्त्रणमा लिएको थियो । माघ ३ गते रातको समयमा अजितासँगै गाडीमा थिए । अजिताका काका र फुपाजुका अनुसार अजितासँगै गाडीमा गएका दुईजनाबीचैमा झरे र अजितालाई क्याम्पाडाडाँमा लगेर फालियो । गाडी नम्वर प्रहरीसँग पनि छैन ।

अजिताको मृत्यु शंकास्पद त्यसै भएको भने होइन । उनी केही समय अघि मकवानपुरमा वालिका बलात्कार आरोपमा जेल परेकी थिइन । तेस्रोलिंगी महिलाले बलात्कार गर्छ ? दुई जना अधिवक्ताको यो प्रश्नको उत्तर जिल्ला अदालत मकवानपुरले दिन सकेन र उनी रिहा भइन । उनी रिहा हुँदा अभियन्ताहरुले खुशी साटासाट गरे । तर, आज उनको मृत शरीर खरानी हुँदा हत्यारा पत्ता लगाउन सहयोग भन्दा दवाव मात्रै दिएको प्रहरीको बुझाइ छ ।

अजिताका काका र फुपाजुले काठमाडौंबाट हेटौडा पुगेका समलिंगी तेस्रोलिंगीका अभियन्ताले प्रहरी अनुशन्धानमा रहेका दुई जनालाई छुटाउन दवाव दिएको बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशील सिंह रोठौर भने कसैको दवावमा नझुक्ने बताउँछन् ।

अपराधीलाई कानूनी कठघरामा ल्याएरै छाड्ने उनको भनाई छ । राठौर कहिँ झुकेको छैन, कानून राम्रोसँग बुझेको छु उनले भने, अनुशन्धानका क्रममा रहेकासँग सोधपुछ भइरहेको छ । अपराधी उम्कन पाउदैन ढुक्क हुनुहोस ।

तेस्रोलिंगी अजिताको हत्या भएको आशंका, असुरक्षित भएको तेस्रोलिंगीको महसुस

तस्विर : फेसबुक

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.