बाच्ने आधार बनाइदिन यौनिक तथा लैंगिक अल्पसंख्यकको आग्रह

बाच्ने आधार बनाइदिन यौनिक तथा लैंगिक अल्पसंख्यकको आग्रह

रुपन्देही (पहिचान) फागुन ६ – स्थानीय सरकारका जनप्रतिनिधिहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका निम्ति संवेदनशिल भएको बताएका छन् । नील हिरा समाजले बुटवलमा गरेको स्थानीय सरकारका जनप्रतिनिधीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले संवेदनशिल भएको बताएका हुन् ।

बुटवल उपमहानगरपालिका ४ का वडा अध्यक्ष जगदीश कुमार आचार्यले स्थानीय सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका निम्त्ति के कस्ता खालका योजना तथा कार्यक्रमहरु बनाउनुपर्ने हो ? त्यसको विषयमा सुझाव र सल्लाह दिन समुदायलाई आग्रह गरे ।

उनले बुटवल उपमहानगरपालिकाले कोही पनि बेरोजगार बन्न नपारोस भनेर विभिन्न किसिमका युवा इलम कार्यक्रमहरु र सीपमुलक कार्यक्रमहरु संचालन गरेको जानकारी दिए । उनले यसमा जोडिनका लागि आग्रह गर्दे तेस्रोलिंगी समुदायबाट हुने विकृतिहरु रोक्नका लागि पनि सशक्तिकरण नेपाललाई आग्रह पनि गरे ।

कार्यक्रममा बुटवल ७ का वडा अध्यक्ष कमल प्रताप थापाले समाजमा लैंगिक हिंसाका घटना अत्याधिक मात्रामा रहेकोले यी घटनालाई न्यूनीकरण गर्न सबैले सामुहिक रुपमा प्रयास गर्नुपर्ने बताए ।

बुटवल ४ का कार्यवाहक वडा अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जवसम्म मानवअधिकारको विषयमा संवेदनशिल भैदैन तवसम्म समाजमा हिंसा र विभेदका घटना भैरहने हुनाले यस्ता विषयमा नागरिक तथा स्थानीय सरकार सहकार्य भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा बुटवल १२ का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, बुटवल १० का वडा सदस्य कला केसी लगायतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मुलधारमा ल्याउन सबैभन्दा पहिला यो समुदायको तथ्यांक जरुरी भएकोले यसका लागि नगरपालिकालाई सघाउन आग्रह गरे ।

कार्यक्रममा सशक्तिकरण नेपालका अध्यक्ष तथा तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले स्थानीय सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मुलधारमा ल्याउन प्रत्येक वडाले यौनिक तथा लैंगिक अल्पसंख्यक समन्वय केन्द्र बनाएर यो समुदायका अधिकारहरुको सम्बोधन गर्न आग्रह गरिन् ।

उनले बुटवल उपमहानगर पालिकाले नेपालमै पहिलो पटक सो समुदायलाई उद्यमी बनाउनका लागि फेसन डिजाइनर जस्तो सीप सिकाएर बाँच्ने आधार कोरिदिएकोमा बुटवल उपमानरपालिकालाई धन्यबाद समेत दिइन् । कार्यक्रममा तेस्रोलिंगी अधिकारकर्मी पुष्पा लामाले यौनिक तथा लैंगिक अल्पसंख्यकको हौसला बढाइदिन र जिउने आधार बनाइ दिन स्थानीय सरकारलाई आग्रह गरिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.