निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अजिता हत्यामा संलग्न थप एक जना पक्राउ, तेस्रो पटक म्याद थप हुँदै

अजिता हत्यामा संलग्न थप एक जना पक्राउ, तेस्रो पटक म्याद थप हुँदै

482
SHARES

काठमाडौं (पहिचान) फागुन ७ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले तेस्रोलिंगी अजिता भुजेल हत्यामा संलग्न थप एक जनालाई पक्राउ गरेको छ । माघ २० गते पक्राउ परेका चार जनाको बयानका आधारमा अजिता हत्यामा संलग्न थप एक जनालाई पक्राउ गरिएको मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेशसिंह राठौरले जानकारी दिए ।

मकवानपुरको हेटौंडा ११ थाना भञ्ज्याङ निवासी तेस्रोलिंगी अजिता हत्या अभियोगमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा हेटौडा ११ का १९ वर्षीय सनम गोलेलाई प्रहरीले पक्रेको हो । सनमसँगै पक्राउ परेका अर्का व्यक्ति भने हत्यामा संलग्न नभएको पक्राउ परेकाहरुकै बयानका आधारमा रिहा भएका छन् ।

२९ बर्षकी तेस्रोलिंगी अजिताको माघ ४ गते विहान हेटौडा क्याम्पाडाडाँमा शब फेला परेको थियो । प्रहरीले अजिताले प्रयोग गर्ने मोवाइल एलिसा पाख्रिनले सीम हालेर चलाएको पत्तो पाएपछि एलिसाको बयानको आधारमा माघ २० गते हेटौंडा ४ निवासी २४ वर्षीय आशिस बल, हेटौंडा ४ निवासी २१ वर्षीय ‘ह्याक्चर’ भन्ने बुद्ध लामा, हेटौंडा ९ निवासी १८ वर्षीय ‘भापु’ भन्ने सिमोन परियार र हेटौंडा ४ बस्ने २५ वर्षीय ‘घनटाउके’ भनिने सुशिल थापा मगरलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

एलिसाको सहयोगमा पक्राउ परेका चार जनाले अजिता हत्यामा संलग्न फरार व्यक्तिको जानकारी दिएपछि सनम गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले जानकारी दिए ।

अजिता हत्यामा पक्राउ परेकाहरुको जिल्ला अदालत मकवानपुरबाट म्याद थप गर्दै अनुशन्धान भइरहेको छ । पक्राउ परेकाहरु विरुद्ध फागुन ९ गते तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइने गजमरेले जानकारी दिए । ‘हाम्रो तर्फबाट अनुशन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोग पत्र दर्ता गर्छौ प्रहरी निरीक्षक गजमेरले पहिचानसँग भने, त्यसपछि अदालतलमा थुनछेक बहस हुन्छ ।’

अदालतका न्यायाधीशले दिने आदेश अनुसार अजिता हत्यामा पक्राउ परेकाहरुले  सजाय पाउनेछन् ।

यौन सम्पर्कपछि अजिताको हत्या भएको खुलासा, मुख्य चार जना अभियुक्त पक्राउ

अजिता हत्याले तेस्रोलिंगी त्रसित, अनुशन्धानमा प्रहरीको बिशेष टोली खटिदै (भिडियो)

अजिता हत्यामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग

अजिता हत्यामा संलग्नलाई पक्रेर कारवाही गर्न माग

तेस्रोलिंगी अजिताको हत्या भएको आशंका, असुरक्षित भएको तेस्रोलिंगीको महसुस

समाचार शेयर गर्नुहोस्
482
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.