निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“रोजगारको व्यवस्था नहुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक अप्ठेरोमा”

“रोजगारको व्यवस्था नहुँदा यौनिक तथा लैंगिक अल्पसंख्यक अप्ठेरोमा”

693
SHARES

सुर्खेत (पहिचान) फागुन १३ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफूले उठाएको आवाज राज्यले सुनुवाइ नगरेको गुनासो गरेका छन् । वर्षाैदेखि अधिकार प्राप्तिको लडाइमा रहे पनि अहिलेसम्म न्याय नपाएको गुनासो उनीहरुको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा अधिकारकर्मी सिमरन शेरचनले वर्षौसम्म अधिकार प्राप्तिका लागि लागेपनि सरकारले आफूहरुले उठाएको आवाज नसुनेको बताइन । “हाम्रो अधिकार प्राप्तिका लागि राजा रामको पालादेखि शुरुआत भए पनि कलियुगसम्म पनि न्याय पाउन सकेनौँ”, उनले भनिन्, “हाम्रो लडाइ २००१ बाटको हो ।” शेरचनका अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक भित्रका तेस्रोलिंगी व्यक्ति एचआइभीको जोखिममा रहेका छन् ।

संवैधानिक रुपमा समानता तथा सामाजिक सुरक्षाको अधिकारको व्यवस्था भए पनि व्यावहारिक रुपमा पाउन नसकेको उनले बताइन । “विवाह हामीले सोचेजस्तो हुँदैन, आफूले मन पराएको मान्छेसँग विवाह गर्न पाउदैनौँ”, उनले भनिन्, “विशेष गरेर सामाजिक रुपमा फरक तरिकाले हेर्ने गरिएको छ ।”

उनले रोजगारको व्यवस्था नहुँदा आफूहरु अप्ठेरोमा परेको बताइन । “हामी शारीरिक रुपमा महिला र पुरुषजस्तै भए पनि भावनात्मक र मानसिक रुपमा फरक हुन्छौ” शेरचनले भनिन्, “हाम्रो शारीरिक मानसिक र भावनात्मक रुपमा झुकाव फरक हुन्छ ।”

अर्का अधिकारकर्मी अनुज पिटर राईले नागरिकता सहज रुपमा पाउन नसकेको गुनासो गरे । अझैसम्म पनि नागरिकता लिनसकस बेहोर्नुपरेको उनको भनाई छ । उनले आफूलाई समाजले हास्य पात्रका रुपमा हेरिरहने भएकाले नमिठो अनुभव हुने बताए ।

सिमरनको तस्विर उनको फेसवुकबाट लिएका हौ 

समाचार शेयर गर्नुहोस्
693
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.