पत्रकार विद्या राई र फातिमा बानुलाई सञ्चारिका समानता पुरस्कार 

पत्रकार विद्या राई र फातिमा बानुलाई सञ्चारिका समानता पुरस्कार 

काठमाडौँ : सञ्चारिका समूह नेपालले पत्रकार विद्या राई र फातिमा बानुलाई सञ्चारिका समानता पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ।
कान्तिपुरमा प्रकाशित ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’ फिचरका लागि पत्रकार फातिमा र विद्यालाई संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको समूहले जनाएको छ। सञ्चारिका समानता पुरस्कारको राशि पन्ध्र हजार रुपैयाँ रहेको छ।
सञ्चारिका समानता पुरस्कार २०७६ मुना कुँवरलाई प्रदान गर्ने सञ्चारिका समूहले जनाएको छ ।
सञ्चारिका समूह नेपालले विज्ञप्ति निकालेर ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ पत्रकार बिना राउतलाई प्रदान गर्ने निर्णय गरिएको जानकारी दिएको छ। पत्रकार राउत रौतहट जिल्लाको रेडियो राजदेवी र फ्रन्टलाइन खबर दैनिकमा कार्यरत छिन्।
‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ पत्रकार हिरा परियारले पाउने भएकी छन्। पत्रकार परियार रुकुम पश्चिमबाट ग्यालेक्सी फोरके टिभीमा कार्यरत छिन्। पुरस्कारको राशि सात हजार एक सय एघार रुपैयाँ रहेको छ।
‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’ पत्रकार सेतोपाटी डट कममा कार्यरत मनिका विश्वकर्मा  र नेपाल टेलिभिजनमा कार्यरत सीतादेवी पोखरेल मिनुलाई प्रदान गर्ने निर्णय गरिएको समूहले जनाएको छ।
यस्तै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’  पत्रकार गोरखापत्र अनलाइनमा कार्यरत सपना थामी र इकागज डट कममा कार्यरत सृजना खड्काले पाउने भएका छन्।
गत वर्ष र यस वर्ष घोषणा भएका सबै पुरस्कार चैत्र ११ गते शुक्रवार प्रदान गरिने समूहकी महासचिव बिमला तुम्खेवाले जानकारी दिइन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.