यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी मनिसा र भूमिकालाई जनसेवाश्री मानपदवी  

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी मनिसा र भूमिकालाई जनसेवाश्री मानपदवी  

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी मनिसा ढकाल र भूमिका श्रेष्ठ जनसेवाश्री मानपदवीबाट सम्मानित हुने भएका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार प्राप्तिमा लागिरहेका अधिकारकर्मी ढकाल र श्रेष्ठलाई सरकारले जनसेवाश्री मानपदवी प्रदान गर्न लागेको हो।

ढकाल नील हिरा समाजकी कार्यकारी निर्देशक हुन भने भूमिका मानवअधिकार अधिकृतको रूपमा समाजमा कार्यरत छिन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान अनुसारको नागरिकता, विवाह गरेर बस्न पाउने कानुन निर्माण, विभेद हुने कानुन खारेज लगायतका विषयमा समाजले वकालत गर्दै आएको छ।

मन्त्रीलाई नागरिकता दिँदै मनिसाले भनिन्, हामीले कपडा खोलेर नाङ्गै हुनुपर्ने?

संविधान दिवसको अवसरमा सरकारले ढकाल र श्रेष्ठलाई जनसेवाश्री प्रदान गर्ने घोषणा गरेको थियो। सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभूषणबाट सम्मान गर्दै आएको छ।

मनिसा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय संस्थामा पनि आबद्ध छिन् भने भूमिका यो वर्ष अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित भएकी थिइन।

हामी हैन जनता छक्याउँदै हिड्ने नेताहरु छक्का हुन् : भूमिका

ढकाल र श्रेष्ठ राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७९ वैशाख १ गते राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभूषित हुनेछन्। गृह मन्त्रालयले विभूषण सुशोभन समारोहमा उपस्थित हुन अनुरोध गरेको छ।

सरकारले पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मीलाई विभूषित गर्न लागेको हो।

सम्बन्धित थप समाचार : 

मान्छेले नबुझेर लाञ्छना लगाइरहेका छन् : मनिसा ढकाल

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको भावनामा आँच आउने गरी चुनाव प्रचार गर्न नपाइने, झोला बोक्न र ट्याटु खोप्न प्रतिबन्ध

मन्त्री उमा रेग्मीसँग विशेष कुराकानी : समलिङ्गी विवाहको कानुन भरखरै बन्दैन, विवाह गरेर बसेकालाई बातै लाग्दैन 

महिला मन्त्रालयको आग्रह समेत स्वीकारे न तथ्याङ्क विभागले, गरेन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गणना

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.