एनआरएनएको सेमिनार 

लगानीको सिलिङ हटाएर सानोसानो लगानी पनि गर्न पाउनु पर्छ : अध्यक्ष केसी 

लगानीको सिलिङ हटाएर सानोसानो लगानी पनि गर्न पाउनु पर्छ : अध्यक्ष केसी 

एनआरएनएका मुद्दाहरू स्थापित गर्ने र पूरा गराउनेतर्फ एकबद्ध भएर लाग्न अध्यक्ष रबिना थापाको आग्रह

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ एनआरएनएले विदेशी नागरिकलाई जस्तो लगानीको सीमा नतोक्न आग्रह गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्घाटन गर्ने नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सम्बन्धी सेमिनारमा एनआरएनएले विदेशी नागरिकलाई जस्तो कम्तीमा २ करोड भन्ने सीमा नराख्न आग्रह गर्ने भएको हो।
नेपालमा लगानीका विषयमा सरकार र सरोकारवालाहरू मुख्यसचिव शङ्कर वैरागी, गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव, धितो पत्र बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ लगायतसँग छलफल गर्ने सेसन राखिएको एनआरएनएका अध्यक्ष बद्री केसीले जानकारी दिए।
नेपालमा विदेशमा बसेका नेपालीको लगानी, डलर खाता खोल्न पाउने, आइपिओ भर्न पाउने  विषयमा पहिलो सेसनमा छलफल हुने केसीले जानकारी दिए।
‘विदेशी नागरिक सरह सीमा तोक्नु भएन, सानो सानो लगानी पनि गर्न पाउनु पर्छ भन्ने विदेशमा रहेका नेपालीको माग छ,’अध्यक्ष केसीले पहिचानसँग भने,‘विदेशी नागरिकलाई तोकिएको लगानीको सिलिङ विदेशमा रहेका नेपालीलाई तोक्नु भएन।’
नेपालमा डलर पठाउन एनआरएनए अध्यक्ष रबिना थापाले गरिन आव्हान
उनले संसद्मा पेस हुने तयारीमा रहेको नागरिकता विधेयक र विदेशमा रहेका नेपालीको मताधिकार विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, राजनीतिक दलका नेतासँग छलफल हुने बताए। राजनीति बाहेकका अधिकार पाउने गरी गैरआवासिय नागरिकता पाउनुपर्ने माग अनुसार नागरिकता विधेयक पारित हुनुपर्ने माग एनआरएनएले गरेको छ।
यस्तै सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकारलाई आदेश दिए पनि कार्यान्वयन नभएकाले मताधिकारका विषयमा पनि नागरिकताकै सेसनमा छलफल हुने अध्यक्ष केसीले बताए। ‘सरकार र सरोकारवालाहरूलाई एकै ठाउँमा राखेर नीति बनाउन आग्रह गर्न लागेका हौँ,’उनले भने,‘विदेशमा रहेका ६० लाख नेपाली जहाँ छन् त्यहीबाट मतदान गर्न पाउनुपर्छ।’
उनले विदेशमा बस्ने नेपालीको सामाजिक सुरक्षाका विषयमा पनि छलफल हुने बताए।
सरकार, राजनीतिक दल र सरोकारवालाहरुबीच हुने सेमिनार भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सेमिनार हुन लागेको एनआरएनएले जनाएको छ।
एनआरएनएकी अध्यक्ष रबिना थापाले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपाली नागरिकको मतदानको अधिकारका विषयमा हुने सेमिनारमा जोडिएर एनआरएनएका मुद्दाहरू स्थापित गर्ने र पूरा गराउने तर्फ एकबद्ध भएर लाग्न आग्रह गरेकी छन्।
उनले सबैको सामूहिक प्रयासले नै एनआरएनएको साझा लक्ष्यमा पुगिने बताएकी छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.