विश्वमा ७ मध्ये एक पुरुष नपुंसक

विश्वमा ७ मध्ये एक पुरुष नपुंसक

एजेन्सी : संसारमा प्रत्येक ७ जना पुरुषमध्ये एक पुरुष नपुंसक छन्। यस्ता पुरुषमा शुक्रकीट बनाउने प्रक्रिया प्रभावित हुन्छ। उनीहरूमा हर्मोनल असन्तुलन पनि पाइन्छ।
यस अनुसन्धानबाट समाजमा हुने बाँझोपनका घटना बढ्नुमा पुरुषकै कमजोरी मुख्य कारण हुने र यसो हुनुको पछाडि यी जीन रहेको स्पष्ट हुन्छ।
अनुसन्धानले देखाएको छ- यी जीन सामान्यतया पुरुषमा आमाबाबुबाट आउँछन्।
अनुसन्धानका प्रमुख वैज्ञानिक डा. सुधाकर दिगमर्थीले भने, ‘हामीले सबैभन्दा पहिले सबै जीनका अत्यावश्यक अंशहरू (लगभग ३० हजार) सिक्वेन्स (क्रम) गरेका थियौं। त्यसपछि हामीले नेक्स्ट जेनेरेशन सिक्वेन्सिङमा ४७ जना नपुंसक पुरुषहरूमा परीक्षण गर्‍यौँ।’
उनले भने‚ ‘यसपछि हामीले देशका विभिन्न भागका करिब १५ सय नपुंसक पुरुषमा यी नेक्स्ट जेनेरेशन सिक्वेन्सिङको प्रयास गर्‍यौँ र यसको नतिजा सकारात्मक आयो।’
भारतीय पुरुषमा नपुंसकता बढ्यो
पछिल्लो समय भारतीय पुरुषमा नपुंसकता बढेको एक अनुसन्धानले पुष्टि गरेको छ। पुंसत्वविहीन हुनुका पछाडि ८ वटा खतरनाक जीनको भूमिका रहेको बताइएको छ।
पहिलो पटक हैदरावादका वैज्ञानिकहरूको समूहले भारतीय पुरुषहरूमा शुक्रकीटको उत्पादन घटाउने ८ जीनको सेट पत्ता लगाएका छन्। ह्युमन मोलिक्युलर जेनेटिक्स नामक विज्ञान जर्नलमा प्रकाशित प्रतिवेदनमा ती जीनका बारेमा उल्लेख गरिएको छ।
यी जीनमा भएको उत्परिवर्तन (म्यूटेशन) ले पुरुषमा शुक्रकीटको उत्पादन घटाउँछ। जसका कारण नपुंसकताको खतरा बढ्छ।
यी एकदमै नयाँ प्रकारका जीन हुन् र अहिलेसम्म यी जीनलाई भारतीय पुरुषको शुक्राणु उत्पादनमा देखिएको कमीसँग जोडेर हेरिएको थिएन।
उक्त अनुसन्धान टोलीमा हैदराबादका सेन्टर फर सेलुलर मोलिक्युलर बायोलोजी (सीसीएमबी), द सेन्टर फर डिएनए फिङ्गरप्रिन्टिङ एण्ड डायग्नोस्टिक्स (सीडीएफडी) र ममता फर्टिलिटी अस्पतालका वैज्ञानिक सामेल छन्।
सीडीएफडीका निर्देशक केके तंगाराजले यी जीन खराब हुने र पुरुषमा नपुंसकत्व बढाउने बताए। उनले भारतभर बाँझोपनका आधाभन्दा बढी घटना पुरुषको कमजोरीका कारण हुने गरेको बताए।
सीसीएमबीका निर्देशक विनयकुमार नन्दीकुरीले यस अनुसन्धानको सहयोगमा पुरुषमा नपुंसकता रोक्न कदम चाल्न सकिने बताए।
यस अनुसन्धानबाट शुक्रकीटको उत्पादन घटाउने जम्मा ८ वटा जीन पत्ता लागेको डा. थंगाराजले बताए। यी जीनहरू BRDT, CETN1, CATSPERD, GMCL1, SPATA6, TSSK4, TSKS र ZNF318 हुन्।
पुरुषहरूमा प्रजनन क्षमता घटाउन यी जीनको भूमिकाबारे यसअघि कुनै जानकारी थिएन। यी जीनमा धेरै उत्परिवर्तन भएको उनले बताए। जसबाट पुरुषमा नपुंसकत्वको समस्या बढ्छ।
अनुसन्धानका क्रममा टोलीले ८ वटा जीनमध्ये CETN1 (Centrin 1) जीनको उत्परिवर्तनको अध्ययन गरेको थियो। ​यसमार्फत यो जीनले शुक्राणु उत्पादनमा कसरी असर गर्छ भनेर पत्ता लगाउने प्रयास गरिएको थियो।
टोलीले पत्ता लगायो कि CETN1 मा हुने उत्परिवर्तनले कोशिका विभाजन रोक्छ। परिणामस्वरूप पर्याप्त शुक्राणु उत्पादन हुन सक्दैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading