निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समानुपातिक

३ लाख मत गन्न बाँकी, माधव नेपालको पार्टीलाई ‘थ्रेस होल्ड’ कटाउन मुस्किल

३ लाख मत गन्न बाँकी, माधव नेपालको पार्टीलाई ‘थ्रेस होल्ड’ कटाउन मुस्किल

521
SHARES

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिक तर्फ अब बढीमा ३ लाख मात्रै मत गणना हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। कुल खसेको १ करोड १० लाख मत मध्ये अहिलेसम्म १ करोड ७ लाख मत गणना भइसकेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।

गणना भएको मध्ये पनि ५ प्रतिशत मत बदर भएको उनले बताए। १ करोड २ लाख २२ हजार २२२ मत सदर भएको आयोगले जनाएको छ। स्याङ्जा क्षेत्र नम्बर २, बाजुरा र दोलखाको मत गणना हुन बाँकी रहेको छ।

स्याङ्जामा मतगणना भइरहेको छ भने बाजुरामा मत गणना सुरु हुन सकेको छैन। दोलखाको १० वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै पुन मतदान सुरु भएको छ।

समानुपातिकतर्फको गणनामा सदर मत मध्ये २७ लाख २८ हजार ३०५ मत ल्याएर नेकपा एमाले पहिलो दल बनेको छ। २५ लाख ९६ हजार ४२३ मत ल्याएर नेपाली काँग्रेस दोस्रो दल बनेको छ।

नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार ५९१ मत ल्याएर तेस्रो दल बनेको छ। सङ्घीय संसद्को पहिलो चुनावमा प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी भन्दा केही कम ११ लाख ६ हजार ९१ मत ल्याएर चौथो दल बनेको छ।

समानुपातिकमा काठमाडौँबाट १ लाख ३ हजार र चितवनमा ९९ हजार ३७ मत ल्याएर पुराना दललाई उछिनेको रबी लामिछानेको पार्टीले चुनाव लडेको पहिलो पटक नै राष्ट्रिय दल बन्ने भएको छ।

गणना सकिनै लाग्दा माधव नेपालको पार्टीलाई ‘थ्रेस होल्ड’ कटाउन सकस

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८० हजार ४३४, जनता समाजवादी पार्टी नेपालले ४ लाख १२ हजार ८५८ र जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत ल्याएर थ्रेस होल्ड कटाएका छन्।

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले २ लाख ९२ हजार १५८ मत ल्याएको छ। उसले थ्रेस होल्ड कटाउन सकेको छैन। मत गणना जम्मा ३ लाख मात्रै बाँकी रहेकाले समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सम्भावना कमजोर बनेको छ।

समाचार शेयर गर्नुहोस्
521
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.