यौन पहिचान

पाठ्यक्रममा एलजिबिटिआई : तेस्रोलिंगीको ठाउँमा पारलिंगी

पाठ्यक्रममा एलजिबिटिआई : तेस्रोलिंगीको ठाउँमा पारलिंगी

काठमाडौं : आधारभूत तहका विद्यालयमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको बारेमा पढाउन थालिएको छ। यौन पहिचानका आधारमा व्यक्तिहरूलाई तीन समूहमा विभाजन गरिएको छ।

कक्षा ७ को स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला पुस्तकमा महिला र पुरुष एक अर्कासँग यौनिक रूपले आकर्षित हुने व्यक्तिहरूलाई विपरीत यौनिक भनिने लेखिएको छ।

पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पुस्तकमा महिला महिलाबिच वा पुरुष पुरुषबिच यौनिक रूपले आकर्षित हुने व्यक्तिहरूलाई समयौनिक अर्थात् पुरुष समलिङ्गीलाई गे र महिला समलिङ्गीलाई लेस्बियन भनिने उल्लेख गरिएको छ।

कक्षा कोठामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

कोही मानिस विपरीत यौनका साथै समयौनसँग पनि यौनिक रूपले आकर्षित हुन्छन् भने त्यस्ता व्यक्तिहरूलाई द्धियौनिक भनिन्छ। विपरीत यौनिकभन्दा भिन्न यौनिक परिचय भएका व्यक्तिलाई समग्रमा यौनिक अल्पसङ्ख्यक अर्थात् एलजिबिटिआई पनि भनिन्छ। विद्यार्थीहरू स्वयं आफ्नो यौन पहिचान आफै गर्न सक्ने हुन् भनेर पाठ्यक्रममा निर्माण गरिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

तेस्रोलिंगी छैनन्?

एलजिबिटिआईलाई पुस्तकमा स्त्री समयौनिक, पुरुष समयौनिक, पारलिंगी, द्धियौनिक र अन्तरयौनिक भनेर बुझाइएको छ। कक्षा ७ को स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला पुस्तकमा तेस्रोलिंगीबारे उल्लेख छैन। पारलिंगीलाई अङ्ग्रेजीमा ट्रान्ससेक्सुयल भनिएको छ। तेस्रोलिंगी थर्ड जेण्डर या ट्रान्स जेण्डर विद्यार्थीले पढ्नु पर्दैन।

पाठ्यक्रममा कुनै पनि स्त्रीहरू स्त्रीप्रति मात्रै यौनिक व्यवहारका लागि शारीरिक र भावनात्मक रूपमा आकर्षित हुन्छिन् भने तिनलाई स्त्री समयौनिक भन्नुपर्ने लेखिएको छ। यस्तै कुनै पुरुष पुरुषसँगै यौनिकताका हिसाबले शारीरिक तथा भावनात्मक रूपमा आकर्षित हुन्छन् भने त्यस्ता व्यक्तिलाई पुरुष समयौनिक भनिन्छ।

शारीरिक र भावनात्मक रूपमा दुवै प्रकारका यौनसँग यौनिक आनन्द गर्न, भावना साटासाट गर्न आकर्षित हुने व्यक्तिलाई द्धियौनिक भनिन्छ। पारलिंगी व्यक्तिहरू शारीरिक वा जन्मँदा महिला वा पुरुष भए पनि आफ्नो शारीरिक यौनभन्दा विपरीत यौनिक व्यवहार गर्छन् भनेर पढाउन थालिएको छ।

डाक्टर बन्ने तिम्ल्याहा दिदीबहिनीको लक्ष्य

शारीरिक रूपमा महिला भए पुरुष जस्तो व्यवहार गर्ने र पुरुषको जस्तो पहिरन लगाउने, पुरुषको जस्तो शृङ्गार गर्ने व्यक्तिलाई पारलिंगी भनिने पुस्तकमा राखिएको छ। शारीरिक रूपमा पुरुष भए महिला जस्तो व्यवहार गर्ने र महिलाको पहिरन लगाउने, महिलाको जस्तो शृङ्गार गर्ने व्यक्तिलाई पनि पारलिंगी भनिने लेखिएको छ।

प्राकृतिक रूपमा नै पुरुष र महिलाको पहिचान गर्न गाह्रो अवस्थामा रहेका व्यक्तिलाई अन्तरयौनिक भनिने लेखिएको छ। मानिस जन्मँदाखेरि पुरुष र महिला दुवैको जननेन्द्रिय अर्थात् लिङ्ग, अण्डकोष, योनि र पाठेघरसहित जन्मेको छ भने अन्तरयौनिक भनिन्छ।

व्यक्ति जन्मँदा शारीरिक रूपमा जस्तो हुन्छ, त्यो नै यौन हो। यसले व्यक्तिलाई महिला, पुरुष, अन्तरलिंगी तथा यौन अल्पसङ्ख्यक भन्ने परिचय दिन्छ। यो अपरिवर्तनशील हुन्छ। शारीरिक बनावट, उत्पादन हुने हर्मोन, देखा पर्ने परिवर्तनहरू, महिलाको डिम्ब निष्कासन हुनु तथा पुरुषको शुक्रकीट उत्पादन हुनु र सन्तान उत्पादन गर्ने गुण प्राकृतिक हुन्। यी सबै विशेषता यौन भित्र पर्छन् भनेर पाठ्यक्रममा लेखिएको छ।

पुस्तकको केही अंश

यौन, यौनिक पहिचान, भूमिका र प्रजनन जस्ता विषयहरूको एकीकृत रूप यौनिकता हो। यसभित्र शारीरिक बनावट, लैङ्गिकता, लैङ्गिक पहिचान र यौनिक परिचय, यौन स्वास्थ्य, यौन अधिकार जस्ता पक्षहरू पर्छन्।

यसले यौनसम्बन्धी मूल्य र मान्यता, अभिव्यक्ति र व्यवस्थापन आदि कुराहरूको समग्र रूपलाई बुझाउँछ। माया, प्रेम जीवनप्रतिको विचार, सम्बन्ध र व्यक्ति प्रतिको व्यवहार पनि यौनिकता हो। यौनिकताको अभिव्यक्ति फरक ढङ्गले हुने गर्छ। मानिसको यौनिकता व्यक्ति पिच्छे फरक हुन्छ।

यसमा व्यक्तिले यौनका बारेमा समान यौन र विपरीत यौनप्रति कस्तो व्यवहार गर्दछन् भन्ने कुरा समेटिएको हुन्छ। मानिसको यौनिकतालाई संस्कृति, जाति, धर्म, आर्थिक तथा सामाजिक अवस्था, शारीरिक अवस्था, यौन पहिचान आदि कुराहरूले प्रभाव पारेको हुन्छ।

यौनिकताको अभिव्यक्ति व्यक्तिको यौन पहिचानमा पनि निर्भर गर्छ। यौन पहिचान भन्नाले व्यक्तिले देखाउने यौन व्यवहार र सम्बन्धहरू हुन। यौनिकता जीवनकालभरि नै रहिरहन्छ।

समलिंगी, तेस्रोलिंगी… यसरी बुझौं र बुझाऊँ

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.