निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मन्त्री निवास

पूर्वअर्थमन्त्री जनार्दनको आवासमा गृहमन्त्री रवि 

पूर्वअर्थमन्त्री जनार्दनको आवासमा गृहमन्त्री रवि 

927
SHARES

काठमाडौं : नवनियुक्त मन्त्रीहरू सरकारी निवासमा सरेका छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बिहीबार मन्त्री निवास पुलचोकमा सरेका छन्।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा बसेको आवासमा गृहमन्त्री लामिछाने बस्न लागेका हुन्। दिउँसो सरकारी निवास पुगेर मन्त्री लामिछाने साइत गरे। मन्त्री लामिछाने पत्नीसहित पूजापाठ गरेर सरकारी निवासमा सरे।

सरकारी निवासमा झन्डोत्तोलन गरेका मन्त्री लामिछानेलाई नेपाली सेनाको एक टुकडीले सलामी दियो। सलामीका क्रममा भुईँमा पिर्का राखिएन। पिर्के सलामी लिएको यसअघिका मन्त्रीको तस्बिर भाइरल बनेर आलोचना भएपछि लामिछानेले पिर्का नराखी सलामी लिए।

गृहमन्त्री रविमाथि अमेरिकी दूतावासकी पूर्वकर्मचारीको आरोप

विनाविभागीय मन्त्री ज्वाला कुमारी शाहले निवर्तमान श्रममन्त्री शेर बहादुर कुँवर बसेको आवास पाएकी छन्।

निवर्तमान वन मन्त्री प्रदीप यादवको सरकारी आवासमा विनाविभागीय मन्त्री राजेन्द्र राई सरेका छन्। निवर्तमान कृषि मन्त्री मृगेन्द्र कुमार सिंहको आवास विनाविभागीय मन्त्री अब्दुल खाँले पाएका छन्।

मन्त्री निवासमा सरको तीनै जना मन्त्रीको मन्त्रालय भने तोकिएको छैन। निवर्तमान मन्त्रीहरू मध्ये अधिकांश सरकारी निवास छोडेर निजी निवास फर्की सकेका छन्।

नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र विनाविभागीय मन्त्री दामोदर भण्डारी मन्त्री निवास पुलचोक गएका छैनन्।

रोजेको मन्त्रालय नपाएपछि उपप्रधानमन्त्री श्रेष्ठ मन्त्रालयमै नजानु भएको उनको निजी सचिवालयले बताएको छ। सरकारका मन्त्रीहरूको वरियता र रोजेको मन्त्रालय नपाएपछि श्रेष्ठ असन्तुष्ट देखिएका छन्।

समाचार शेयर गर्नुहोस्
927
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.