निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सभामुख चयनको प्रक्रिया सुरु हुने दिन सर्वदलीय बैठक

सभामुख चयनको प्रक्रिया सुरु हुने दिन सर्वदलीय बैठक

627
SHARES

काठमाडौं : प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया मङ्गलवार सुरु हुने भएको छ। सङ्घीय संसद् सचिवालयले सभामुख चयनको प्रक्रिया मङ्गलवार सभामुख चयनको सूचना निकाल्ने जनाएको छ।

सचिवालयले बुधवार उम्मेदवारको सूचना लिने जनाएको छ। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीले उम्मेदवार मनोनयन बुधवार हुने जानकारी दिए।

प्रतिनिधि सभाको बैठकले सभामुखका उम्मेदवारका प्रस्ताव र समर्थकलाई बोल्न समय दिनेछ। सत्ता साझेदार दलहरूबिच सभामुख एमालेको भागमा परेको छ। एमालेले अहिलेसम्म सभामुखको उम्मेदवार भने टुङ्गो लगाएको छैन।

प्रचण्डसँगको भित्री सम्झौता सार्वजनिक गर्न गगनले दिए देउवालाई चुनौती

सभामुख चयनको प्रक्रिया सुरु हुने दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्। सरकारलाई विश्वासको मत दिने दलहरूसँग छलफल गर्न बैठक बोलाइएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

सरकारलाई विश्वासको मत दिएको नपाली काँग्रेसले मङ्गलवारको सर्वदलीय बैठक पछि मात्रै सभामुखमा उम्मेदवारी दिने नदिने निर्णय गर्ने बताएको छ।

राष्ट्रपति र सभामुख फुत्काउने लबिङमा लागेको काँग्रेसले अहिलेसम्म कुनै निर्णय नगरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए।

समाचार शेयर गर्नुहोस्
627
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.