काँग्रेसमा कलह

प्रचण्डसँगको भित्री सम्झौता सार्वजनिक गर्न गगनले दिए देउवालाई चुनौती

प्रचण्डसँगको भित्री सम्झौता सार्वजनिक गर्न गगनले दिए देउवालाई चुनौती

काठमाडौं : नेपालमा उद्देश्य आधारित गठबन्धन अहिलेसम्म असम्भव देखिएका छन्। चुनाव अघि एउटा र चुनावी परिणामपछि अर्कै गठबन्धन बन्ने गरेका छन्।

नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर केन्द्र देखि प्रदेशसम्मै ठुलो दल बनेको नेपाली काँग्रेस सत्ता विहीन भएको छ। प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई पुस १० गते समर्थन नगरेको काँग्रेसले विश्वास मत दिएर प्रतिपक्षी दल बन्ने हैसियत नै गुमाएको छ।

एकाएक विश्वासको मत दिएपछि सत्ता साझेदार प्रमुख घटक एमालेले सत्ताको जाल नफाल्न काँग्रेसलाई भनेको छ। विश्वासको मत दिएपछि काँग्रेसभित्र घर कलह सार्वजनिक भइरहेका छन्।

प्रधानमन्त्री नछोड्दा राष्ट्रपति र सभामुख पद समेत गुमाउनु परेको आरोप संस्थापन इतर नेताहरूले लगाएपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक सारिरहेका छन्। विश्वासको मत लिनु अगाडि नै बस्ने भनिएको बैठक विश्वासको मत दिएपछि पनि बस्न सकेको छैन।

जवाफ दिन नसकेकै कारण सभापति देउवाले केन्द्रीय समितिको बैठक परपर धकेल्दै लैजानु भएको काँग्रेस महामन्त्री गगन थापाले आरोप लगाएका छन्। पत्रकार रामकृष्ण भण्डारीले लेखेको सत्ता सङ्घर्ष पुस्तकको विमोचन कार्यक्रममा थापाले विश्वासको मत दिनु गलत भएको बताए।

उनले भित्री सम्झौता सार्वजनिक गर्ने हिम्मत गर्न देउवालाई चुनौती दिए। पुस १० मा समर्थन नगर्ने तर त्यसको १६ दिनपछि समर्थन गरेर काँग्रेसले प्रतिपक्षी दल बन्ने कानुनी हैसियत नै गुमाएको आरोप लागिरहँदा काँग्रेस महामन्त्री थापाले देशको सत्ता शक्ति सङ्घर्ष तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडा भएको बताए।

घटनाक्रमले गहिराइको माग गर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाई छ। सोही कार्यक्रममा ज्ञवालीले नेपालको शक्ति सङ्घर्षमा स्वीकारे पनि नस्विकारे पनि वैदेशिक हस्तक्षेप हुने गरेको बताए।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले विदेशी सामु लम्पसार पर्ने प्रवृत्ति रहेको सुनाए। पुस १० लाई राजनीतिक घटनामा पानी ढलोको रूपमा लिनु पर्ने उनको भनाई थियो। २०७४ मा बहुमत ल्याएको तत्कालीन बाम गठबन्धनको सरकार सत्ताकै कारण ४१ महिना पनि टिक्न सकेन।

संविधान जारी भएपछिको पहिलो प्रतिनिधि सभामा पहिलो दल बनेको एमाले प्रतिपक्षमा बस्न पुग्यो। अहिले अवस्था त्यस्तै तर चाडै देखिएको छ। चुनावी परिणाम लगत्तै बनेको सरकारलाई समर्थन नदिए पनि विश्वासको मत दिएर ठुलो दल काँग्रेस सत्ता बाहिर बसेको छ।

दोस्रो दल बनेको एमालेले चुनावी गठबन्धन तोडेर सत्ताको साँचो लिएको छ। यसलाई नौलो घटनाको रूपमा लिन नहुने एमाले उपमहासचिव ज्ञवाली बताउँछन्। ‘एलायन्सको मोटामोटी धारणामा आधारित भएर भोट हाल्छन्,तर काठमाडौं आइपुग्दा नपुग्दै एलाइन्सहरु भत्कन्छ र नयाँ ढङ्गको कोर्स सुरु हुन्छ’उनले भने,‘अहिलेको निर्वाचन प्रणाली र एलाइन्सहरु टिकाउ हुन नसकेको स्थितिभित्र उद्देश्य आधारित एलाइन्स गर, जुन करिब करिब असम्भव जस्तो देखिएको छ, अहिलेसम्मका अनुभवले।’

राजनीतिक विश्लेषक हरि शर्माले सरकार नियमित प्रक्रिया भएको बताउँदै जनताको आवश्यकतामा सम्झौता गर्न नहुने बताए। तर नेपालमा हरेक सरकारका नेताले पोसिली बनाउने कुरा मात्रै गरेको उनले सुनाए।

‘पोसिली बनाउन कति समय लाग्छ?,नेपालको राजनीतिको कारण संस्थागत कमजोरीका कारण हो या व्यवहारका कारण हो?’उनले भने,‘यो संस्था र व्यवहारको कुरा हो, मान्छेको व्यवहार त लोभी पापी को छैन आखिर यहाँ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading