भुटानी शरणार्थी डा.रिजालको निधन 

भुटानी शरणार्थी डा.रिजालको निधन 

696
SHARES

काठमाडौं : भुटानी शरणार्थी नेता डा. गोविन्द रिजालको मृत्यु भएको छ। बा.३ ख. २०२७ नं को यात्रु बसले ठक्कर दिँदा त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थानका आंशिक प्राध्यापक रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सडक पेटीमा साथीहरूसँग कुराकानी गरिरहेका बेला अनियन्त्रित बसले ठक्कर दिँदा रिजालको मृत्यु भएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं रिजालका साथी किशोरचन्द्र दाहालले जानकारी दिए। रिजालको शव पोस्टमार्टमका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा राखिएको छ। 

रिजालले कृषि अध्ययन संस्थानमा विगत चार वर्षदेखि अध्यापन गराउँदै आएका थिए। रिजालकी श्रीमती डा. शान्ता कार्की हुन्। प्राध्यापन सकेर कीर्तिपुर कृषि क्याम्पस अगाडी जम्मा भएर चिया खाइ रहेको समयमा यात्रुवाहक बसले ठक्कर दिँदा गम्भीर घाइते रिजालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार बसको ठक्करबाट अरू ३ जना घाइते भएका छन्। रिजालको निधनमा भुटानी शरणार्थीहरूले ठुलो क्षति भएको बताएका छन्। भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले डा. रिजालको निधनबाट हातखुट्टा भाँचिएको जस्तो महसुस भएको बताए। 

भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले भुटानी समुदायका विद्वान डा. रिजालको असामयिक र दुखद निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्। ‘म पूर्ण रूपमा निशब्द छु। म यो गलत समाचार होस् भन्ने चाहन्छु तर दुखको कुरा यो होइन’कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 
 

समाचार शेयर गर्नुहोस्
696
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.