नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट

नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट

92
SHARES

काठमाडौँ – नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुङ्गानाले हस्ताक्षर गरे।

सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन्। बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट योजना लागु हुने छैन।

अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य प्याकेज तथा आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ। स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

कोषको परिचयपत्रका आधारमा कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ। परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था छ। दुवै संस्थाले सेवाका क्रममा प्राप्त सूचना सुरक्षित र गोप्य राख्नुपर्ने पनि सम्झौतामा उल्लेख छ।

समाचार शेयर गर्नुहोस्
92
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.