ग्लोबल आइएमई बैङ्क दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

ग्लोबल आइएमई बैङ्क दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

49
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैङ्कलाई यी पुरस्कार प्रदान गरिएको हो।

बैङ्कले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल बैङ्किङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तर बैङ्क रकम स्थानान्तरण (आईबिएफटी) र फोनपे क्यूआर कारोबारमा ग्राहकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराउँदै सबैभन्दा बढी कारोबार गर्न सफल भएकाले बैङ्कलाई यी दुई विधामा पुरस्कृत गरिएको जनाइएको छ।

ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै डिजिटल भुक्तानी प्रणालीलाई व्यापक बनाउन बैङ्कले खेलेको भूमिकाको कदरस्वरूप यो सम्मान प्रदान गरिएको बैङ्कले उल्लेख गरेको छ। ग्राहकहरूले बैङ्कको मोबाइल बैङ्किङ एपमार्फत सहजै खाताबाट रकम स्थानान्तरण तथा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।

डिजिटल बैङ्किङ प्रणालीप्रति ग्राहकहरूको बढ्दो आकर्षण र बैङ्कको ग्राहककेन्द्रित नवप्रवर्तनकारी सेवाकै कारण यो उपलब्धि सम्भव भएको बैङ्कले जनाएको छ। बैङ्कले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै नगदरहित (क्यासलेस) कारोबारलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

समाचार शेयर गर्नुहोस्
49
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.