टी–२० विश्वकप : आतङ्कवादी हमलाको धम्की

टी–२० विश्वकप : आतङ्कवादी हमलाको धम्की

720
SHARES

एजेन्सी : टी–२० विश्वकप प्रतियोगिता सुरु हुनु अगावै क्यारेबियन देश वेस्टइन्डिजमा आतङ्कवादी हमलाको धम्की आएको छ।

उत्तर पाकिस्तानबाट आएको धम्कीमा आतङ्कवादी सङ्गठन इस्लामिक स्टेटले सन् २०२४ को टी–२० विश्वकप लगायत विश्वभरका प्रमुख कार्यक्रमहरूलाई लक्षित गर्ने धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

क्यारेबियन मिडिया रिपोर्टहरूले आईएसको मिडिया समूह ’नासिर पाकिस्तान’ बाट गुप्तचर जानकारी प्राप्त गरेको बताएको छ। त्रिनिदाद एक्सप्रेसका अनुसार ’नासिर पाकिस्तान’ आईएससँग जोडिएको प्रचार च्यानल समेत हो।

उक्त धम्कीपछि अमेरिका र वेष्टईण्डिजमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले आयोजक देशहरू र शहरहरूमा सुरक्षाका विषयमा अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले पनि आतङ्कवादी हमलाको चेतावनी आएको पुष्टि गरेको छ। यद्यपि, यस्तो खतरासँग लड्नका लागि पूर्ण सुरक्षा योजना रहेको आइसिसीले स्पष्ट पारेको छ। टी–२० विश्वकप खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली पनि अमेरिका पुगिसकेको छ।

नेपालले जुन ४ मा नेदरल्याण्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। दोस्रो खेलमा जुन १२ मा श्रीलङ्कासँग खेल्नेछ । विश्वकप क्रिकेट आगामी आगामी जुन १ बाट अमेरिका र वेष्टईडिजमा सुरु हुँदैछ।

समाचार शेयर गर्नुहोस्
720
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.