जसपा दुई टुक्रा, उपेन्द्रलाई सर्प्राइज

जसपा दुई टुक्रा, उपेन्द्रलाई सर्प्राइज

316
SHARES

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीको सरकार बन्ने देखिएपछि जनता समाजवादी पार्टी (जसपा) दुई टुक्रा भएको छ। जसपाका अध्यक्ष तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्कनै लाग्दा उनको पार्टी दुई टुक्रा भएको हो।

सरकार टिकाउनकै लागि चलखेल सुरु भएपछि यादवका सहयात्री समेत रहेका अशोक कुमार राईले चार जना उपाध्यक्ष राख्दै आफ्नै नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि आइतबार नै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।

दल तर्दाका लागि आयोगमा निवेदन दिएपछि निकै उत्साहित मुद्रामा देखिएका नेता राजेन्द्र श्रेष्ठले केन्द्रको सत्ता समीकरण बदलिँदा प्रदेशका मुख्मन्त्रीहरुमा लाठी चार्ज हुने गरेको बताए।

उनले आफ्नो पार्टी सङ्घमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने एजेन्डा सहित उदाउन लागेको नयाँ शक्तिको रूपमा चित्रण गरे।

अमेरिका भ्रमण सकाएर नेपाल फर्कन लागेका स्वास्थ्य मन्त्री यादवलाई आफ्नै सहयात्रीले पार्टी फुटाएर सर्प्राइज दिएका छन्। नयाँ दल खोल्न लागेका अशोक राईको पनि जग भने बलियो देखिएको छैन। यादवले पार्टीमा मनोमानी गरेको भन्दै राईको नेतृत्वमा आउन लागेको नयाँ दलमा उपाध्यक्ष मात्रै चार जना छन्।

रणरोज कण्डौवा, नवल किशोर शाह, परशुराम बस्नेत र सुशीला श्रेष्ठ सहित चार जना उपाध्यक्ष छन्। महासचिव मोहम्मद ईस्तियाक राई तथा सहअध्यक्षमा रेणु कुमारी यादव छन्।

यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत मिलेपछि राईले पार्टी फुटाएको आरोप छ। पार्टी फुटाए बापत राई सहितका नेताहरूलाई सांसद पिच्छे मन्त्री दिन लागेको स्रोतले बताएको छ।

समाचार शेयर गर्नुहोस्
316
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.