निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रविको नागरिकता विवादमा न्यायाधीशको प्रश्नै प्रश्न

रविको नागरिकता विवादमा न्यायाधीशको प्रश्नै प्रश्न

679
SHARES

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धी मुद्दामा पर्सी शुक्रबार पनि सुनुवाइ जारी रहने भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवारदेखि सुरु भएको सुनुवाइ शुक्रबार पनि जारी रहने प्रवक्ता विमल पौडेलले जानकारी दिए।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। बुधवारको सुनुवाइमा न्यायाधीश र सरकारी वकिलबिच सवालजवाफ भएको छ।

सरकारी निकाय महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले न्यायाधीश अनिलकुमार सिन्हाको प्रश्नमा उम्मेदवारको अयोग्यता सम्बन्धी विषय भएकाले ऐन नियमले प्रतिस्पर्धी उम्मेदवारले मात्र उजुरी गर्न पाउने भनेको जवाफ दिए।

एसएसपी सरुवा प्रसङ्ग इजलासमा

अर्का न्यायाधीश ईश्वर खतिवडाले प्रतिस्पर्धा गरेर हारेका उम्मेदवार उजुरी दिन आएनन् भने गैरनेपाली र अयोग्य मान्छे पनि सांसद भइरहने हो? भनेर सोधेको प्रश्नमा भने सहन्यायाधिवक्ता रेग्मीले उत्तर दिएनन्।

न्यायाधीश खतिवडाले प्रतिनिधिसभा नियमावलीको दफा ९ मा उम्मेदवारी दिँदा नागरिकताको प्रमाणपत्र भनेर लेखिएको छ नि? भन्ने प्रश्नमा रेग्मीले ‘त्यसो भए त पर्छ’ भनेर जवाफ दिएका छन्।

रिट निवेदककातर्फबाट बहस गरेका कानुन व्यवसायीले भने लामिछाने नेपाली नागरिक नभएको जिकिर गरेका छन्। रिट निवेदक युवराज सफलले रवि विरुद्ध मुद्दा दायर गर्ने हकदैया नरहेको भन्ने कानुन व्यवसायीलाई बोल्न डराएको सुनाए।

नागरिकता विवाद कायमै रहेका बेला लामिछाने संसद्मा निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्री भएका छन्।

समाचार शेयर गर्नुहोस्
679
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.