निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संसद् बैठक

गणतन्त्र र राजतन्त्रवादीको रत्यौली

गणतन्त्र र राजतन्त्रवादीको रत्यौली

553
SHARES

काठमाडौं : प्रतिनिधिसभामा सत्तापक्षकै सांसदहरूबिच जुहारी चलेको छ। संविधान विपरीत अभिव्यक्ति दिने सरकारमा सहभागी राप्रपाका मन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बोली व्यवहारमा नदेखिएको भन्दै आलोचना पनि भएको छ।

नेकपा एमालेका सांसद सांसद रघुजी पन्तले संविधानअनुसार मन्त्रीमा शपथ लिएका मन्त्रीहरूले व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताए। पन्तको यो भनाइमा राप्रपाका सांसद प्रतिवादमा उत्रिए।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारमा बसेर सङ्घीयताको विरोध गर्ने छुट नभएको भन्दै सचेत गराएका थिए। त्यसपछि पनि राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले फेरि उस्तै अभिव्यक्ति दिएको भन्दै वर्तमान संयुक्त सरकारलाई विवादमा नपार्न एमाले सांसद पन्तले आग्रह गरे।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका सांसद शक्ति बस्नेतले संसद् र सडकमा राजतन्त्रबारे बहस गर्न सकिने भए पनि सरकारमै बसेर संविधानविरुद्ध बोले सह्य नहुने भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिए।

प्रधानमन्त्री प्रचण्डले सोध्न सकेनन् प्रस्टीकरण

सत्ता साझेदार दलकै घेराबन्दीमा परेपछि प्रतिनिधिसभाको दोस्रो कार्यकालमा जर्बजस्त उपस्थिति जनाएको राप्रपाले आफूहरू राजासहितको प्रजातन्त्र पुनर्स्थापना गर्नकै लागि संसद्मा आएको प्रतिक्रिया दिएको छ।

राप्रपाका सांसद धवलसम्मेर राणाले अहिलेको संविधानकै व्यवस्थालाई मानेर आफ्ना एजेन्डा स्थापित गरेर देखाउने दाबी गरे। सानो पार्टी भए पनि जनताको मनमा भिजेको भन्दै उनले आफूहरूलाई नहेप्न र नहोच्याउन चेतावनी दिए।

राप्रपाका अर्का सांसद ज्ञानेन्द्र शाहीले संविधान जारी गर्नुअघि सङ्कलन गरिएका जनताका सुझाव किन सार्वजनिक नगरेको भनेर प्रश्न गरे। जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संविधान विरुद्ध बोले संसद् घेर्नेसम्मको चेतावनी दिए।

नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले सत्तापक्षका सांसदहरूबिच रत्यौली चलेको बताए। उनले संविधानविरुद्ध बोल्ने छुट नभएको बताए।

समाचार शेयर गर्नुहोस्
553
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.