हवाई दुर्घटनाको जाँच गर्न स्वतन्त्र, स्वायत्त एव स्थायी संयन्त्र निर्माणकाे आदेश माग्दै सर्वोच्चमा रिट

हवाई दुर्घटनाको जाँच गर्न स्वतन्त्र, स्वायत्त एव स्थायी संयन्त्र निर्माणकाे आदेश माग्दै सर्वोच्चमा रिट

काठमाडौं : सर्वोच्च अदालतमा हवाई यातायातलाई सुरक्षित तुल्याउन चाल्नु पर्ने कानुनी, प्राविधिक एव संरचनागत कदमको माग गर्दै रिट निवेदन दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालमा कानुनी, प्राविधिक एव संरचनागत क्षमताको अभावले अत्यधिक हवाई दुर्घटनाहरू हुने गरेको भन्दै रिट निवेदन दर्ता गराएका हुन। रिटको पेशी आगामी मङ्गलवार माघ २४ गते तोकिएको छ।

रिट निवेदनमा गरिएको मुख्य दाबी

(क) विशेषज्ञहरूको उच्च स्तरीय समिति गठन गरी उड्डयन क्षेत्रसँग सम्बन्धित विद्यमान क़ानून, नियम, सुरक्षा मापदण्डहरूको (safety and security standard) समग्र रूपमा Review गरी विशेषज्ञ समितिको Findings एव सिफारिस बमोजिम हवाई यातायातको सञ्चालन सम्बन्धी विद्यमान कानुन, नीति एव हवाई सुरक्षा मापदण्डहरूको संशोधन एव परिमार्जन गरी पाऊ।

(ख) Aviation safety and security सम्बन्धमा ICAO ले सिफारिस गरेका मापदण्डहरूको आधारमा निरन्तर अनुगमन गर्न तत्काल विशेषज्ञहरूको एउटा स्थायी संयन्त्र वा कमिसन गठन गरी पाऊ। safety and security बंदोबस्तहरुमा लापरबाही एव gap पाइएमा विशेषज्ञ संयन्त्रले विमान सञ्चालन अनुमति (लाइसेन्स) खारेज गर्ने लगायतका कारबाही गर्न सक्ने।

उड्डयन क्षेत्रमा safety and security standard मा गरिने compromise एव gross negligence वा बेवास्तालाई फौजदारी अभियोजन गरिनु पर्ने सम्बन्धमा आवश्यक कानुनी बन्दोबस्त गरी पाऊ।

‘हवाई यातायातमा जोखिम’

(ग) हवाई दुर्घटनाको जाँच गर्न स्वतन्त्र, स्वायत्त एव स्थायी संयन्त्र निर्मित गरी पाऊ।

(घ) नागरिक उड्डयन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अन्तर्गत प्रतिपादित मापदण्ड तथा सिफारिसहरू (स्ट्याण्डर्ड एन्ड रिकमेण्डेड प्र्याक्टिसेज), तत्काल लागू गरी पाऊ।

(ङ) Montreal Convention १९९९ लाई कार्यान्वयन गर्न तत्काल घरेलु क़ानून निर्मित (implementing legislation) गरी पाऊ।

(च) विमानस्थलको निर्माण, सञ्चालन एव प्रबन्धन गर्ने (सेवा प्रदायक) एव उड्डयन क्षेत्र नियमन गर्ने एउटै निकाय रहेकोमा सो लाई अलग अलग (split) गरी उड्डयन क्षेत्रको नियमन गर्ने एव विमानस्थलको निर्माण एव प्रबन्धन गर्ने फरक निकायहरू निर्माण गरी पाऊ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.