रविको आक्रोश मिडियामा : गलत समाचार लेखे घेर्ने चेतावनी

रविको आक्रोश मिडियामा : गलत समाचार लेखे घेर्ने चेतावनी

594
SHARES

काठमाडौँ : सरकारले संसद्बाट विश्वासको मत पाएको महिना दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसद्बाट विश्वासको मत लिएका थिए।

राष्ट्रपति भण्डारीले विश्वासको मत लिएको एक महिना पुगेकै दिन माघ २७ गते शुक्रवार दिउँसो ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय भएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टी भने सरकारबाट बाहिरिएको छ। सर्वोच्च अदालतको आदेशमा सबै पद गुमाएका रास्वपाका सभापति रवि लामिछानेले गैरसांसद्को रूपमा गृह मन्त्रीमा फर्कन गरेको प्रयास असफल भएपछि सरकारमा रहेका मन्त्रीहरूलाई नै फिर्ता बोलाएका छन्।

शक्ति र सत्ताका लागि बालुवाटारदेखि बालकोटसम्म परिक्रमा गरेका लामिछाने अन्ततः सञ्चारमाध्यमलाई आक्षेप लगाएर सरकारबाट बाहिरिएका छन्। उनले अब उपनिर्वाचनमा जाने बताएका छन्। उनले आफूलाई मिडियाले चरित्रहीन बनाएको आरोप समेत लगाए।

धेरै दुखेपछि आफूले ऐया गरेको लामिछानेले बताए। उनले कान्तिपुरको नामै लिएर गलत समाचार लेखे मिडिया हाउस घेर्ने चेतावनी दिए।

समाचार शेयर गर्नुहोस्
594
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.