पात्लेखेतमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पात्लेखेतमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

779
SHARES

काभ्रे : काभ्रेको धुलिखेलमा भएको मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान धुलिखेल नगरपालिका ११ पात्लेखेतस्थित वि.पी.राजमार्गमा बा ५ ख ३०४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपी ढुण्डिराज न्यौपानेले मृत्यु हुनेमा मिनिट्रक चालक जिल्ला रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरी बस्ने ३५ वर्षीय अभिजल काफ्ले रहेको जानकारी दिए।

उनका अनुसार गम्भीर घाइते चालक काफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

डिएसपी न्यौपानेले सोही मिनिट्रकका सहचालक दोलखाको मेलुङ गाउँपालिका ६ बस्ने १७ वर्षीय कुवेर ठकुरी घाइते भएको बताए। हल्का बोल्न सक्ने अवस्थामा रहेका सहचालक ठकुरीको बायाँ हात, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ।

काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको मिनी ट्रक सडकबाट अन्दाजी २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

घटनास्थलमा प्रहरी चौकी भकुन्डेबेशीबाट प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना र अस्थायी प्रहरी पोस्ट काभ्रे भन्ज्याङबाट प्र.ना.निको कमान्डमा ४ जना टोली खटिएका छन्।

समाचार शेयर गर्नुहोस्
779
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.