निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जलेर घाइते सांसद भण्डारीको थप उपचार मुम्बईमा

जलेर घाइते सांसद भण्डारीको थप उपचार मुम्बईमा

607
SHARES

काठमाडौं : नेपालमा उपचार सम्भव नभएपछि नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य डा. चन्द्र भण्डारीलाई भारत लगिएको छ।

श्री एयरलाइन्सको विमान मार्फत भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल नेशनल बर्न्स सेन्टर सेन्टरमा लगिएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

भण्डारीको साथमा ६ जना स्वास्थ्यकर्मीको टोली रहेको छ। टोलीमा डा. प्रदीप तिवारी क्रिटिकल केयर हेड, डा. बृहस्पति एनेस्थेसिया क्रिटिकल केयर, डा. रोशन शर्मा फ्लाइट डाक्टर रहेका छन् भने तीन जना पारामेडिक्स ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन्।

भण्डारीको श्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी अक्सिजन दिँदै लगिएको छ। भण्डारीका दुवै हात र दुवै गोडा गरी ३० प्रतिशत जलन भएको कीर्तिपुर अस्पतालले जनाएको छ।

काँग्रेस नेता भण्डारीलाई थप उपचारका लागि देशबाहिर लैजान चिकित्सकको सिफारिस

डा. चन्द्र भण्डारीको श्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकोले चिकित्सकको सिफारिस बमोजिम थप उपचारका लागि भारतको मुम्बई स्थित नेशनल वर्नस सेन्टरमा लगिएको मुख्यसचिव पौडेलले निकालेको विज्ञप्तिमा लेखिएको छ।

भण्डारी र उनकी आमा हरिकला भण्डारी बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर लिक भई गम्भीर घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार निधन भएको छ।

लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय रहँदै आउनु भएकी ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट एक अग्रज व्यक्तित्व गुमाएको काँग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री प्रचण्डले उहाँकी आमा हरिकला भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद भण्डारीको उपचारमा कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री पदम गिरी, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले कीर्तिपुर अस्पतालमै पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

समाचार शेयर गर्नुहोस्
607
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.