भुटान फर्कन हारगुहार (भिडियो)

भुटान फर्कन हारगुहार (भिडियो)

काठमाडौं : भुटानबाट लखेटिएर नेपाल सहित तेस्रो देश पुगेका भुटानी नागरिक स्वदेश फिर्तीका लागि हारगुहार गरिरहेका छन्। नेपालमा शरण लिएका १ लाख ३ हजार शरणार्थी तेस्रो देश पुनर्वास भएका छन्।

तत्कालीन भुटानी राजा जिग्मे सिङगे वाङचुकले देश निकाला गरेका ८ हजार भुटानी नागरिक अहिले पनि झापाका शरणार्थी शिविरमा बसिरहेका छन्। तेस्रो देश जान नमानी आफ्नै देश फर्कन बसेका शरणार्थी भोक भोकै पर्ने अवस्थामा पुगेका छन्।

नेपाल भुटान १५ औँ चरणसम्म वार्तामा बसे। तर, नेपालमा शरण लिएर बसेका नागरिक तेस्रो देश गएकोमा खुसी मनाए भुटानी राजाले। वार्ता पनि अवरुद्ध भयो। अब त भुटानी शरणार्थी समस्या समाधान भयो भनेर नेपालसहित अन्तर्राष्ट्रिय समुदाय मौन बसेको छ। समस्या ज्युका त्युँ छ। समस्या अझै थपिएका छन्।

तेस्रो देश गएकाहरूले भुटानमा रहेका आफन्त भेट्ने गरी आउन पाएका छैनन्। भुटान प्रवेश निषेध छ उनीहरूलाई।

७६ वर्षका भुटानी मानवअधिकारवादी नेता एवं भुटानका तत्कालीन राज्य परिषद् सदस्य टेकनाथ रिजाल आफ्नै देश फर्कन पाउनु पर्ने माग राखेर नेपाल सरकार, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार, अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिरहेका छन्।

भुटानको निरङ्कुशता : परिवार भेट्न नपाएको ३० वर्ष

उनले स्वदेश फिर्तीको हारगुहार गरेको पनि तीन दशक भइसकेको छ। तर, भुटान फर्कन पाएका छैनन्। पुर्नवास भएका शरणार्थीले त भुटान प्रवेश गर्ने भिसा नै नपाएका रिजाल बताउँछन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र अर्धभूमिगत नेता मोहनविक्रम सिंहलाई भेटेर रिजालले भुटान नै फर्कन पाउने वातावरण बनाइदिन आग्रह गरेका छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि जनमोर्चाले सकेको सहयोग गर्ने आश्वासन दिएको छ। अध्यक्ष चित्रबहादुर केसीले नेपालको संसद्ले शरणार्थी समस्याबारे बोल्ने आट गर्ला भन्ने नलागेको रिजाललाई जवाफ दिएका छन्।

रिजालले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई संसद्मा भुटान फर्कने विषय उठाइदिन निवेदन पनि दिएका छन्। रिजालले दिएको निवेदनमा के छ? भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading