तीन वटा जहाज खरिद गर्दै वायुसेवा निगम

तीन वटा जहाज खरिद गर्दै वायुसेवा निगम

594
SHARES

काठमाडौं : नेपाल वायु सेवा निगमले तीन वटा साना जहाज खरिद गर्ने भएको छ। दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने जहाज खरिद गर्न लागिएको निगमका उपनिर्देशक एवं प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उप समितिले आफ्नो प्रतिवेदन पेस गरिसकेको पौडेलले बताए। जतिसक्दो छिटो जहाज किन्न निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीर शमशेर राइको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको उपनिर्देशक पौडेलले जानकारी दिए।

लुम्बिनीबाट मलेसिया र दिल्ली उडानका लागि स्पेसल टाक्स फोर्स गठन

उपसमितिले काम समेत सुरु गरिसकेको निगमले जनाएको छ। तीन वटै जहाज निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार नै निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो। नयाँ जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्न सकिने निगमले विश्वास लिएको छ।

पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास निगमले व्यक्त गरेको छ।

दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन शेरचन निलम्बित

समाचार शेयर गर्नुहोस्
594
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.