दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन शेरचन निलम्बित

दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन शेरचन निलम्बित

काठमाडौं : नेपाल वायुसेवा निगमले गत १ अप्रिलको दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन रविन्द्र कुमार शेरचनलाई निलम्बन गरेको छ।

सो घटनामा छानबिन गर्न बनेको समितिको प्रारम्भिक रिपोर्टमा निजलाई निलम्बन गरेर थप अनुसन्धान गर्नुपर्ने देखिएको भनेकोले कार्यकारी अध्यक्ष युवराज अधिकारीले शेरचनलाई निलम्बन गर्ने निर्णय गरेका हुन।

निगमका निर्देशकलाई २४ घण्टे स्पष्टीकरण, क्याप्टेन विजय लामालाई विभागीय कारबाही

तत्कालीन अपरेसन विभागका निर्देशक वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचनले जगेडा नराखी चार जना पाइलटलाई एकैपटक तालिममा सहभागी गराउँदा उडान ढिलो भएको थियो।

कार्यकारी अध्यक्षबाट पटकपटक दिएको निर्देशनलाई निर्देशक शेरचनले हेलचेक्र्याइँ गरी पाइलट व्यवस्थापन नगरेकाले निलम्बन गरिएको निगम स्रोतले बताएको छ।

यस्तै मलेसिया उडानका लागि चाहिने उडान अनुमति समयमा नवीकरण गर्न पहल नगरी हेलचेक्र्याइँ गर्ने क्याप्टेन विजय लामालाई निगमले विभागीय कारबाही गरेको जनाएको छ।

आफ्नो कर्तव्य पालनामा चुकेका उपनिर्देशक वरिष्ठ क्याप्टेन लामा सहित ओ.सी.सी. म्यानेजर चक्र नकर्मी र मलेसियाका कन्ट्री म्यानेजर नेत्रराज रावतलाई विभागीय कारबाही गरिसकेको छ।नेपाल वायुसेवा निगमले दुबई उडान ढिलो भएको घटनामा वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचनलाई निलम्बन गरेको छ।

सेनाको युगान्डा उडान रद्द : संयुक्त राष्ट्रसंघसंग समन्वय गरिने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading