एयरलाइन्सहरूलाई प्रश्न : ‘प्रिय यात्रु’ भन्न किन गाह्रो?

एयरलाइन्सहरूलाई प्रश्न : ‘प्रिय यात्रु’ भन्न किन गाह्रो?

602
SHARES

काठमाडौं : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकले विमानमा यात्रा गर्दा महिला तथा सज्जनवृन्द पुरुष मात्रै सम्बोधन हुने गरेको भन्दै आपत्ति जनाएका छन्।

उडानमा यात्रुलाई सुरक्षा उपायहरू अपनाउन गरिने अनुरोधमा महिला र पुरुषलाई सम्बोधन हुने गरेको छ।

नेपालको संविधानले महिला र पुरुष भन्दा भिन्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकलाई पहिचान सहितको अधिकारको व्यवस्था गरेको छ। तर, एयरलाइन्सहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई सम्बोधन नगरेको अधिकारकर्मी सरिता केसीले बताइन।

श्री एयरलाइन्सबाट विराटनगर देखि काठमाडौँ उडानको क्रममा क्याबिन क्रूले सुरक्षा उपायहरू बताउँदा महिला तथा सज्जनवृन्द मात्रै उल्लेख गरेको भन्दै केसीले एयरलाइन्सहरूलाई प्रश्न गरेकी छन्। उनले महिला र सज्जनवृन्दको सट्टा प्रिय यात्रु भन्न किन गाह्रो भनेर प्रश्न गरेकी छन्।

एयरलाइन्समा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकले पनि यात्रा गर्ने भन्दै उनले यथार्थमा अझै पनि स्वीकार नगरिएको उल्लेख गरेकी छन्। उनले सबै एयरलाइन्सहरूलाई प्रिय यात्रु शब्द प्रयोग गर्न अनुरोध गरेकी छन्।

समाचार शेयर गर्नुहोस्
602
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.