निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रेसम चौधरी जेल मुक्त नहुने

रेसम चौधरी जेल मुक्त नहुने

617
SHARES

काठमाडौं : सर्वोच्च अदालतले कैलालीको टीकापुर हत्याकाण्डका अभियुक्त रेसम चौधरीको जन्मकैद सजाय सदर गरेको छ।

चौधरीको सफाइ पाउनु पर्ने माग खारेज गरेको सर्वोच्च अदालतले जनाएको छ। जिल्ला र उच्च अदालतले दिएको जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला र उच्च अदालतले सुनाएको सजायलाई सदर गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

सोही हत्याकाण्डमा सजाय भोगिरहेका सीताराम चौधरी र गङ्गाराम चौधरीले भने सफाइ पाएका छन्। लक्ष्मण थारुको हकमा भने सजाय केही कम गरिएको पौडेलले बताए।

जिल्ला र उच्चको फैसला सदर भएसँगै जन्मकैदको सजायमा डिल्लीबजार कारागारमा रहेका रेसम चौधरी जेलमुक्त नहुने भएका छन्।

२०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको ज्यान गएको थियो। सोही घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

लडाकुलाई पैसा नबाँड्न आदेश

सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी गरेको प्रवक्ता विमल पौडेलले जानकारी दिए।

सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्रराज आरणले रिट निवेदन दायर गरेका थिए। अन्तरिम आदेश दिने विषयमा सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको जनाएको छ।

समाचार शेयर गर्नुहोस्
617
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.