निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कर्णाली प्रदेशमा तेस्रोलिंगीका लागि विशेष कार्यक्रम

कर्णाली प्रदेशमा तेस्रोलिंगीका लागि विशेष कार्यक्रम

622
SHARES

सुर्खेत : कर्णाली प्रदेश सरकारले तेस्रोलिंगीको सशक्तीकरण एवं मुलप्रवाहीकरण तथा हक हित संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशसभामा प्रस्तुत गर्न आगामी वर्षको नीति तथा कार्यक्रममा विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

अर्थमन्त्री बेदराज सिंहले अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख राउटे, राजी, वादी, गाइने, ज्येष्ठ नागरिक, एकल महिला, तेस्रोलिंगी र अपाङ्गता लगायत वञ्‍चितीकरणमा परेका नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

‘विकासका हरेक प्रक्रियामा सहभागी गराई उनीहरूको सशक्तीकरण एवम् मूलप्रवाहीकरण तथा हक हितको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ’नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

राष्ट्रपति पौडेलको पहिलो सम्बोधन र प्राथमिकतामा नपरेको समलिङ्गी विवाह

समाजमा रहेका आर्थिक, सामाजिक लगायत सबै प्रकारका विभेद अन्त्य गर्ने नीति लिइने अर्थमन्त्री सिंहले बताए।

‘लैङ्‍गिकमैत्री बजेट प्रणालीको माध्यमबाट महिला उत्थान, सशक्तीकरण र विकासका क्रियाकलाप सञ्चालन गरिनेछ,’नीति तथा कार्यक्रममा लेखिएको छ,‘दलित समुदायको शैक्षिक तथा आयस्तर उकास्न उनीहरूको परम्परागत सिप र ज्ञानको संरक्षण गर्दै मागमा आधारित सिप प्रदान गर्न र रोजगारी मार्फत स्वरोजगारी सिर्जना हुने गरी आयमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।’

सबै किसिमका विभेद तथा उत्पीडनको अन्त्य गरी सामाजिक न्याय, समावेशी विकास, सामाजिक संरक्षण, रोजगारी मार्फत स्वरोजगारी सिर्जना गरी आर्थिक सामाजिक समता कायम गर्नका लागि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम केन्द्रित गरिने कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यस प्रयोजनार्थ प्रदेशभित्रको मानव विकास सूचकाङ्क, बहुआयामिक गरिबी र भौगोलिक विकटता लगायतका विषयलाई आधारका रूपमा लिइने भनिएको छ।

समाचार शेयर गर्नुहोस्
622
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.