निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चाकडीको भद्दा रूप : उपमेयरको जन्मदिनमा प्रमुख प्रशासकीय अधिकृतको उपहार

चाकडीको भद्दा रूप : उपमेयरको जन्मदिनमा प्रमुख प्रशासकीय अधिकृतको उपहार

443
SHARES

काठमाडौं : नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जनप्रतिनिधि रिझाउने र सेवाग्राही तर्साउने काम गरेको आरोप लागेको छ।

जनप्रतिनिधिलाई सामाजिक सञ्जाल फेसबुकबाटै ‘प्रगतिशील चिन्तक’ भन्दै चाकडी गरेका प्रमुख प्रशासकीय अधिकृत सापकोटामाथि सेवाग्राही तर्साउने काम गरेको आरोप लागेको हो।


उनले उपप्रमुख रुद्रप्रकाश उपाध्यायलाई जन्मदिनको अवसर पारेर भनेका छन्, ‘बर्दघाट नगरपालिका नवलपरासी (बसुप) का उपप्रमुख एवं प्रगतिशील चिन्तक श्री रुद्रप्रकाश उपाध्यायलाई जन्मदिनको मङ्गलमय शुभकामना।’

नगरपालिकाको कर्मचारी प्रशासनको नेतृत्व गरेका जिम्मेवार अधिकारीबाटै राजनीतिक भाव झल्काउने गरी चाकडी गरेबाट सर्वसाधारण अचम्मित भएका छन्।

‘कर्मचारी गैर राजनीतिक हुनुपर्छ, एक जना स्थानीय भन्छन्,‘उपमेयर र हाकिमका बिचको अपवित्र राजनीतिक र स्वार्थ प्रेरित गठजोडले नगरलाई दीर्घकालीन हानी गरिरहेको छ।’

स्रोतका अनुसार बर्दघाटमा प्रमुख प्रशासकीय अधिकृतले उपमेयरलाई विश्वासमा राखेर मेयरलाई वाई पास गर्दै अनुत्पादक र प्रचारात्मक गतिविधि गरेर नगरको राजस्वको दुरुपयोग गरेको भन्दै जनतामा निराशा छाएको छ।

समाचार शेयर गर्नुहोस्
443
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.