निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बजेटमा विवाद : पारित नहुँदै कार्यान्वयन गर्न निर्देशन

बजेटमा विवाद : पारित नहुँदै कार्यान्वयन गर्न निर्देशन

570
SHARES

काठमाडौं : सत्तारुढ दलहरूले यथास्थितिमा बजेट पारित हुन नदिने चेतावनी दिइरहँदा अर्थ मन्त्रालयले भने बजेट कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ।

बिहीबार मन्त्रालयमा चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरेका छन्।

उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाई समय तालिका बनाएर अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।

उनले बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी सुरु गर्न भनेका छन्। उनले भने,‘बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ त्यो कार्यान्वयन हुन्छ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र मुख्य सचिव डा. बैकुण्ठ अर्यालले पनि बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्।

नयाँ सरकार गठन भएको ६ महिना नपुग्दै परिवर्तनको खेल सुरु

सत्तारुढ दुई दलले भने बजेट नसच्याएसम्म पास हुन नदिने चेतावनी दिएका छन्। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले बजेट पास हुनै नदिने चेतावनी दिएका हुन्।

नेकपा एकीकृत समाजवादीको आज बसेको संसदीय दलको बैठकले बजेटबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्ने निर्णय गरेको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनले यथास्थितिमा बजेट पास नहुने बताए।

जनता समाजवादी पार्टी जसपाले गठबन्धनमा रहेका दलहरूसँग छलफल नै नगरी सरकारले एकलौटी ढङ्गले बजेट ल्याएकोले नसच्याएसम्म पारित हुन नदिने निर्णय गरेको छ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकपछि पत्रकारसँग बोल्दै अध्यक्ष उपेन्द्र यादवले बजेटले पुरै मधेसलगायतलाई उपेक्षा गरेकोले यथास्थितिमा बजेट पास नहुने बताए।

समाचार शेयर गर्नुहोस्
570
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.