नक्कली शरणार्थी : शेर्पा र केसीको निवेदनमा प्रतिवेदन मगाउने आदेश

नक्कली शरणार्थी : शेर्पा र केसीको निवेदनमा प्रतिवेदन मगाउने आदेश

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका दुई जनाको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ।

काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै निवेदन दिएका काँग्रेस नेता आङटावा शेर्पा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश भएको उच्च अदालत पाटनले जनाएको छ।

शेर्पा र केसीको निवेदनमा छुट्टाछुट्टै सुनुवाइ भएर कैफियत प्रतिवेदन मगाउने आदेश भएको अदालतकी उपरजिस्ट्रार मन्दिरा शाहीले जानकारी दिइन।

ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा दोषी ठहर भएका १६ जना मध्ये दुई जनाको मात्रै निवेदन दर्ता भएको र दुवै निवेदनमा पहिलो सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश भएको शाहीले बताइन।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृहसचिव टेकनारायण पाण्डे, भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्।

नक्कली शरणार्थी : जिल्लाको आदेश विरुद्ध उच्चमा निवेदन

नक्कली शरणार्थी प्रकरणमा काँग्रेस नेता एवं पूर्वगृहमन्त्री कृष्ण सिटौला, काँग्रेस नेतृ आरजु राणा, एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई लगायतलाई पक्रने निर्देशनले भने तरङ्ग फैलिएको छ।

गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेताद्वय आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सोमबार विज्ञप्ति निकालेर देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवा र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएको विषयमा सार्वजनिक सञ्चारमाध्यममा समाचार आएपछि गृहले त्यसको खण्डन गरेको हो।

मन्त्रालयले भ्रष्टाचार र अपराध नियन्त्रणमा प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको उल्लेख गरेको छ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका अख्तियार प्रमुख प्रेम राई पशुपतिनाथमा राखिएको सुनको जलहरी जोखेर उम्कने दाउमा रहेको आरोप समेत लागेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर बिन्दास, रोइरहे टेकनारायण

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो।

प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए। शरणार्थी बनाउने भन्दै गिरोहले सङ्कलन गरेको रकम बुढाथोकीको बैङ्क खातामा समेत भेटिएको प्रहरीले जनाएको छ।

यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो। त्यसमध्ये १८ जना पक्राउ परेका थिए।

पक्राउ परेकामध्ये लक्ष्मी महर्जन ५ लाख र टङ्क गुरुङलाई १० लाख धरौटीमा छाड्दै १६ जनालाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.