नक्कलीका नाममा सक्कली पक्राउ, सीआईबीमाथि नै छानबिन

नक्कलीका नाममा सक्कली पक्राउ, सीआईबीमाथि नै छानबिन

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी नक्कली डाक्टर पक्राउ प्रकरणमा विवादित बनेको छ। ‘अपरेसन चार्ली फक्सट्राट’ चलाएको सीआइबीले नक्कली डाक्टरविरुद्धको अपरेसनमा सक्कली डाक्टर नै पक्राउ गरे पछि विवादित बनेको हो।

पक्राउ परेकामध्ये महोत्तरी पिपराका रञ्जित कुमार यादव सक्कली डाक्टर रहेको खुलेको छ। २५ साउनमा सीआईबीले अपरेसन चलाएको थियो। अपरेसनका क्रममा नेपाली काँग्रेसका सांसद सुनिल शर्मासमेत पक्राउ परेका थिए। तर, काठमाडौं जिल्ला अदालतले थुनामा राख्न अनुमति नदिएपछि शर्मा छुटिसकेका छन्।

सीआईबीको थुनामा अहिले सात जना डाक्टर छन्। तर, रञ्जित यादवसमेत सक्कली डाक्टर पक्राउ परेको खुलेपछि सीआईबीको अपरेसन विवादित बनेको हो।

नाम थर जुध्न गएकाले नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरणमा सक्कली डाक्टर रञ्जित यादव पक्राउ परेको प्रहरीले स्वीकार गरेको छ। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले नेपाल मेडिकल काउन्सिलले दिएको नामका आधारमा पक्राउ गर्दा गल्ती भएको बताए।

प्रवक्ता कडायतले रञ्जित यादव भन्ने डाक्टर विरुद्ध मेडिकल काउन्सिलले सुरुमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको बताए। ‘मेडिकल काउन्सिलको डाक्टरको नम्बर र नाममा गडबड देखियो,रञ्जित यादव भन्ने दुई जना डाक्टर रैछन,’प्रवक्ता कडायतले भने,‘अहिले अर्को रञ्जित यादव प्रहरीकोमा आयो।’

काउन्सिलले नाम एउटाको दिएको र नाम ठेगाना अर्कोको आएको उनले बताए। ‘मिस्टेक भयो, के हो भनेर छानबिन हुँदै छ,’उनले भने,‘काउन्सिलबाट आएको कागजातका आधारमा अनुसन्धान गर्दा त्यस्तो भएको हो।’

काउन्सिलले प्रहरीको अनुसन्धानमा प्रश्न उठाएको छ। काउन्सिलका रजिस्टार कृष्ण अधिकारीले सोधपुछ नगरी पक्राउ गर्दा गल्ती देखिएको बताए। ‘उसलाई बोलाएर तिम्रो स्थिति के हो भनेर सोध्ने हो नि, पुलिसलाई पनि मान्छे थुन्न पाए पुग्यो,उहाँहरूको प्रमोसन हुन्छ कि के हो?’अधिकारीले भने,‘त्यसकारण यो थुन्ने प्रक्रिया नै ठिक छैन भन्ने हो।’

गृह र अर्थमन्त्रीको राजीनामा माग्ने सांसद पक्राउले तरङ्ग, सर्च अप्रेसन जारी

नक्कली भुटानी शरणार्थी, ललिता निवास, क्विन्टल सुन तस्करीको समेत अनुसन्धानको जिम्मा पाएको सीआइबीले नक्कलीका नाममा सक्कली पक्राउ गरेपछि छानबिन हुने भएको छ। सीआइबीले काउन्सिललाई गल्ती देखाएको छ भने काउन्सिलले सीआईबीलाई देखाएको छ। यसले सीआईबीको अनुसन्धान माथि नै प्रश्न उठेको छ।

निश्चित नभई हात हाल्दा सीआईबीको इमेजमा धक्का लागेको नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्र सिंहले बताए। ‘डवल क्रस नगरी कन्फर्म नभई कसैको पनि इमेजमा हात हाल्ने कुरा गर्नु हुँदैन, पहिला आफू कन्भिन्स हुनु पर्छ यस्तो केशहरूमा,’पूर्व एआइजी सिंहले भने,‘पहिलो नक्कली भन्ने अहिले सक्कली देखियो भन्दा राम्रो भएन,मान्छेलाई पक्राउ गरिहाल्नु भन्दा पहिले अनुसन्धान राम्रो गर्नुपर्‍यो।’

सीआइबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्राट’ अन्तर्गत डा रञ्जित कुमार यादव, डा अमृत चौधरी, डा रामबाबु यादव र डाक्टर एरिना यादवसहित ७ जना पक्राउ परेका छन्। अ

दालतको आदेशमा छुटेका काँग्रेस सांसद डा सुनिल शर्मा चीनबाट एमबिबिएस गरेर आएका विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौँ मेडिकल कलेजका सञ्चालकसमेत हुन। यस्तै , डा अमृत चौधरी त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका चिकित्सक हुन्।

सीआईबीले पक्राउ गरेका काठमाडौँको इशान अस्पताल धापासीका चिकित्सक डा‍. श्रद्धा शिल्पकार र मोरङका मनिष चौधरी आफ्नै फार्मेसी सञ्चालन गरेका व्यक्ति हुन्। पक्राउ परेका मध्ये डा रञ्जित यादव सक्कली भेटिएका हुन्। नक्कली डाक्टर भने अझै फरार छन्।

नक्कली प्रमाणपत्रमा पक्राउ परेको भोलि पल्टै अदालतको आदेशमा छुटेका काँग्रेस सांसद सुनिल शर्माका कारण सत्ता गठबन्धनमा खटपट

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.