निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कक्षा १२ को नतिजा : गत वर्षको भन्दा सन्तोषजनक

कक्षा १२ को नतिजा : गत वर्षको भन्दा सन्तोषजनक

585
SHARES

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षा सकिएको ८० दिन पछि मङ्गलवार सार्वजनिक नतिजा अनुसार ५० दशमलव ९ अर्थात् ५१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

बोर्डले नतिजामा गत वर्षको भन्दा सुधार भएको जनाएको छ। लोअर ग्रेड ल्याएर उत्तीर्ण हुनेको सङ्ख्या घटेको भन्दै बोर्डले यस वर्षको नतिजा गत वर्षको भन्दा सन्तोषजनक रहेको जनाएको हो।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्षको कक्षा १२ को नतिजा नियमित, ग्रेड वृद्धि र आंशिक गरी तीन किसिमले सार्वजनिक गरिएको जानकारी दिए।

नयाँ तथा पुराना पाठ्यक्रमसँगै नयाँ, पुराना विद्यार्थी भएपछि तीन किसिमले परीक्षाफल सार्वजनिक गरिएको हो। ग्रेडेड तर्फ ५१ तथा नन ग्रेडेड तर्फ ४९ दशमलव ०९ प्रतिशत नतिजा आएको शर्माले बताए।

बोर्डका अनुसार परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७, आंशिक तर्फ ६० हजार ९ सय ५९, ग्रेड वृद्धितर्फ १४ हजार एक सय ३५ तथा २०७२ सालको पुरानो आंशिकतर्फ १ हजार एक सय ६ गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी थिए।

जसमध्ये नियमित तर्फ ग्रेड परीक्षार्थी १ लाख ८९ हजार ७ सय ११, आंशिक तर्फ १८ हजार ३०, ग्रेडबृद्धि तर्फ ६ हजार १ सय ४० र पुरानो आंशिक तर्फ ६ सय ५० विद्यार्थी उत्तीर्ण भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ। यो वर्गका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि भर्ना हुन पाउँदैनन्। दुई विषयमा एनजी आएमा ग्रेड वृद्धि परीक्षा दिन पाइने बोर्डले जनाएको छ।

शिक्षामा बेथिति : १२ को नतिजा नआउँदै ब्याचलरमा भर्ना खुल्यो

गत वर्ष बोर्डले लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर पहिलो पटक हरेक विषयमा सैद्धान्तिक तर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याए ग्रेड सिटमा एनजी अर्थात् नन ग्रेडिङ उल्लेख हुने व्यवस्था गरेको थियो। परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।

१ विषयमा एनजी आएका विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन्। ती मध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेड बुद्धि परीक्षा दिन पाउनेछन्।

नतिजामा चित्त नबुझेको खण्डमा विद्यार्थीहरूले १५ दिन भित्र ५०० रुपैयाँ तिरेर आवेदन दिन सकिने बोर्डले जनाएको छ। यस पटक जिपिए ४ अर्थात् माथिल्लो ग्रेड ल्याएर उत्तीर्ण गर्नेको प्रतिशत पनि गत वर्षको तुलनामा बढेको बोर्डले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
585
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.