अतिक्रमित जग्गामा तारबार गरी वृक्षारोपण

अतिक्रमित जग्गामा तारबार गरी वृक्षारोपण

873
SHARES

काभ्रे : डिभिजन वन कार्यालय काभ्रेले लौकिनी घ्याग्ले सामुदायिक बनमा वृक्षारोपण अभियान सुरु गरेको छ। पाँचखाल नगरपालिका २ मा ७४ रोपनी अतिक्रमित छेत्रमा तारबार लगाएर वृक्षारोपण सुरु गरिएको वन कार्यालय काभ्रेले जनाएको छ।

डिभिजन बन अधिकृत देवीचन्द्र पोख्रेलले वृक्षारोपण कार्यक्रमलाई क्रमशः अभियानको रूपमा अगाडी बढाउने प्रतिबद्धता जनाएका छन्। वृक्षारोपण कार्यक्रम अन्तर्गत बिजयसाल, सतिसाल, निम, दार लगायतको १०० वटा बिरुवा रोपन गरिएको बन अधिकृत हरिचन्द्र तिमल्सिनाले जानकारी दिए।

पाँचखाल २ का वडा अध्यक्ष रामेश्वर दाहालले अतिक्रमण हटाउने र वृक्षारोपण अभियानमा नगरपालिका हातेमालो गर्न तयार रहेको बताए।

सामुदायिक बनका अध्यक्ष रत्न बहादुर तामाङले उक्त सामुदायिक बनमा वर्षौँ देखि रहेको ७४ रोपनी अतिक्रमित छेत्र खाली गराइ तारबार समेत गरी हाल बहुमूल्य प्रजातिको वृक्षारोपण सुरुवात गरेको बताए।

अध्यक्ष तामाङले निकट भविष्यमा पाँचखाल नगरपालिकाको सहयोगमा उक्त अतिक्रमण हटाइए खाली गरिएको बाकी छेत्रमा फलफूलका बिरुवा लगाउने कार्यक्रम रहेको जानकारी पनि दिए।

समाचार शेयर गर्नुहोस्
873
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.