भ्रष्टाचार मुद्दा : महराका छोरा पक्राउ, बादलका छोरा फरार

भ्रष्टाचार मुद्दा : महराका छोरा पक्राउ, बादलका छोरा फरार

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले खोलेको भ्रष्टाचारका फाइलमा माओवादी केन्द्रकै शीर्ष नेता र परिवारका सदस्य पक्राउ पर्न थालेका छन्। माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री एवं एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा भने अझै फरार छन्। प्रहरीले राहुललाई पक्राउ गर्न सकेको छैन। प्रतीक फरार रहँदा विद्युतीय चुरोट (भेप) मा हालेर ल्याइएको सुन तस्करी प्रकरणमा महराका छोरा राहुल भने बुधवार पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले राहुललाई चिनिया व्यापारी दावा लामासँग पटक–पटक फोन सम्पर्क भएको प्रमाणका आधारमा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए। तर, सोही प्रकरणमा चिनियाँ व्यापारीलाई भेटेका महरा भने पक्राउ परेका छैनन्।

गत साउन २ गते भित्रिएको ६१ किलो सुन प्रकरणमा भन्सारका कर्मचारी सहित दुई आरोपी समातिएका छन्। त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी रहेका पाल्पाका गणेश पौडेल र सिन्धुपाल्चोकका किशोर बस्नेत पक्राउ परेका हुन्।

भारतको दिल्लीबाट पक्राउ परेका बस्नेतले सुन तस्करीमा संलग्न रहेका भियना होटलका सञ्चालक दावाको सहयोगी भएर काम गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। दिल्लीबाट सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ६ जना विदेशीसहित २५ पुगेको छ।

जेलभित्र पूर्व र बहालवाला गृहमन्त्रीको भेट, टेकनाथको स्वास्थ्यमा चासो

उनीहरूलाई न्यायिक हिरासतमा राखेर सीआइबीले अनुसन्धान गरिरहेको जनाएको छ। तर हालसम्म प्रहरी मुख्य व्यक्तिसम्म पुग्न सकेको छैन। यही प्रकरण अनुसन्धानकै क्रममा सीआइबी अधिकृत हङ्कङ पुगेको छ।

अनुसन्धानका क्रममा खुलेका तथ्यलाई भेरिफाइ गर्न र आवश्यक कागजात जुटाउन सीआइबीलाई जुनसुकै मुलुकमा पठाउने प्रहरी प्रवक्ता कडायतले बताए।
बुधवार पक्राउ परेका तीनै जनामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पाँच दिनको अनुमति दिएको छ।

ललिता निवास प्रकरणका १३ जनासँग बयान

ललिता निवास प्रकरणमा पक्राउ परेका मध्ये १३ प्रतिवादीको बयान सकिएको छ। सीआइबीको अनुसन्धान प्रतिवेदन बुझेर सरकारी वकिलले मुद्दा दर्ता गरेको भोलिपल्टैबाट सुरु भएको अदालती बयान १३ जनाको सकिएको हो।

काठमाडौं जिल्ला अदालतमा सोमबार दुई जना, मङ्गलवार तीन जना र बुधवार (आज) ८ जनाको बयान सकिएको प्रवक्ता दीपक दाहालले जानकारी दिए। प्रहरीको न्यायिक हिरासतमा रहेका बाँकी ५ जनाको बयान बिहीबार सकाउने अदालतको तयारी छ।

यस प्रकरणमा १८ जना प्रहरी हिरासतमा छन्। उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर मुद्दा लड्न पाउने भन्ने सम्बन्धमा सकिएपछि अदालतमा थुनछेक बहस सुरु हुनेछ।

ललिता निवास प्रकरणमा भट्टराई र नेपाललाई उन्मुक्ति

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.