निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मन्त्री र सांसदबीच प्रश्नोत्तर सुरु गर्ने कार्यसूची

मन्त्री र सांसदबीच प्रश्नोत्तर सुरु गर्ने कार्यसूची

364
SHARES

काठमाडौं : सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा मन्त्री र सांसदहरूबिच मौखिक प्रश्नोत्तर हुने भएको छ।

संसद् सचिवालयका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्न राखिनेछ।

यी तीन मन्त्रालयसँग सम्बन्धित जम्मा १२ वटा प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले जवाफ दिने संसद्का सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट भने सरकारी प्रवक्ता समेत रहेकी सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले सदनमा जवाफ दिनेछिन्। संसद्को सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जवाफ दिने लेखिएको छ।

प्रवक्ता गिरीले प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार लिखित रूपमा प्राप्त भएका प्रश्नहरू नै मौखिक रूपमा राख्ने बताए।

तर, प्रश्नकर्ता सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था समेत हुने उनले बताए। ‘अधिवेशन प्रारम्भ हुने बित्तिकै प्रश्नहरू दर्ता गर्न पाइन्छ,उहाँहरूबाट पहिल्यै प्रश्नहरू प्राप्त भइसकेका छन्,भोलि(सोमबार) प्रश्नोत्तरको अभ्यास प्रारम्भ गर्न थालेका हौ,’उनले भने,‘तीन वटा मन्त्रालयका लागि जम्मा १२ वटा प्रश्न छन्।’

प्रधानमन्त्रीको जवाफ : चीनसँग नयाँ नाकाको कुरा गर्ने

सांसदले सोध्न चाहेको लिखित र मौखिक प्रश्न संसद्मा दर्ता गराउनुपर्ने व्यवस्था छ। दर्ता भएका प्रश्न सम्बन्धित मन्त्रालयमा पठाइ मन्त्रालयबाट जवाफ पाएपछि नियमावलीको व्यवस्थाअनुसार सम्बन्धित मन्त्रीले सदनमा उपस्थित भएर जवाफ दिनुपर्नेछ। सोही व्यवस्थाअनुसार मन्त्रीहरूलाई मौखिक प्रश्न सोध्ने कार्यसूची तय गरिएको गिरीले बताए।

उनले नीतिगत प्रश्नहरू कम रहेको बताए। ‘विकास निर्माणसँग सम्बन्धित अथवा सरकारले कुनै नीतिगत प्रश्नहरू हुन्छन्,’उनले भने,‘खास गरी कार्यक्रमगत प्रश्नहरू अथवा कार्यक्रम के छ? छ कि छैन?हो कि होइन? जस्ता प्रश्नहरू अलि बढी हुन्छन्।’

सोमबार बस्ने बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ।

समाचार शेयर गर्नुहोस्
364
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.