निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लोकतन्त्र खतरामा : भारतीय प्राध्यापक

लोकतन्त्र खतरामा : भारतीय प्राध्यापक

299
SHARES

काठमाडौं : नेपाली काँग्रेसले तामझामका साथ बिपी कोइरालाको ११० औँ जन्म जयन्ती मनाइरहेको छ। पार्टी कार्यालय सानेपामा तुल, ब्यानर, झन्डा फहराएर बिपी साहित्य महोत्सव आयोजना गरेको छ।

महोत्सवको दोस्रो दिन स्वर्गीय नवीन्द्रराज जोशीले निर्माण गरेको वीर गणेशमान चलचित्र प्रदर्शन भयो। लगत्तै कालमाक्र्स, महात्मा गान्धी र बिपी कोइरालाको जीवनीमा प्रवचन भयो। जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु)का प्राध्यापक आनन्द कुमारले तीन जना नेतामा स्वतन्त्रता, न्याय, समानता, समान रहेको बताए।

उनले सङ्घर्ष नायक तीन नेता मध्ये बिपीलाई भाग्यमानीको संज्ञा दिए। सरकारमा नगएसम्म समतालाई मन्त्र बनाउने दलहरूले सरकारमा पुग्ने बित्तिकै सम्पन्नतालाई बोक्ने गरेका छन्। समता वाला मन्त्र भुल्दै जान्छन्। सम्पन्नता मात्रै हेर्छन्।

नेपाल र भारतका अहिलेका नेताहरूको चरित्र प्रस्तुत गर्दै आनन्द कुमारले बढ्दो पैसाको चलखेलका कारण लोकतन्त्र नै खतरामा परेको बताए। देशको नेतृत्व गर्ने व्यक्तिहरूले चुनावमा पैसा खन्याउँदा लोकतन्त्र खतरामा परेको बताए। चुनावमा खर्च गर्ने प्रतिस्पर्धा चलिरहेको उनले सुनाए। ‘नेपालमा कसरी चुनाव हुन्छ भन्दिनँ। म जान्दछु,’उनले भने,‘मनि पावर। पैसा छैन टिकट दिँदैनन्।’

उनले पैसाको बलमा चुनाव नलड्न नेपाली नेताहरूलाई सुझाव दिए। ‘जनतन्त्र र धनतन्त्र सँगै हुँदैनन्। बुथ कब्जा गर्न बाहुवली गरिन्छ,’उनले भने, ‘सरकारमा गए पछि पहिलो काम अपराधी जोगाउने हुने गरेको छ।’

बिपीलाई सम्झँदै देउवाले भने, ‘संविधानको मर्म अनुसार अभ्यास गर्न पाएका छैनौँ’

उनले पैसा वालको हातमा पार्टी सुम्पिएको भन्दै राजनीतिलाई सेवाको माध्यम बनाउन सुझाव दिए। सत्य र अहिंसाको बाटोमा लागेर नै बिपी कोइराला नेपालीको परिभाषा बनेको उनले टिप्पणी गरे।

प्राध्यापक आनन्दले मार्क्स पुँजीवाद विरुद्ध, गान्धी साम्राज्यवाद विरुद्ध र बिपी कोइराला सामन्तवादका विरुद्ध लडिरहनु परेको सुनाए। विभिन्न सत्रहरूको बिचमा सांस्कृतिक झाँकीहरू समेत प्रदर्शन गरिएका थिए।

rbt

काँग्रेस पार्टी कार्यालयमा जारी महोत्सवमा बिपी र गणेशमानका बारेमा लेखिएको पुस्तक धेरै बिक्री भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा राखिएको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका काँग्रेसले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
299
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.