निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधान सभा अध्यक्ष नेम्वाङको निधन

संविधान सभा अध्यक्ष नेम्वाङको निधन

491
SHARES

काठमाडौं : संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएको छ।

बालुवाटारमा रहेको निवासका राति १ः३० बजे हृदयाघात भएका नेम्वाङको उपचारका लागि शिक्षण अस्पताल लैजाँदै गर्दा निधन भएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। ‘निवासमै राति १ः३० बजे हृदयाघात भएछ,उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भयो,’बर्तौलाले पहिचानसँग भने,‘पत्याउनै कठिन भइरहेको छ।’

उनी एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष समेत हुन्। राष्ट्रपति चयनका लागि भएको चुनावमा नेम्वाङ उम्मेदवार बनेका थिए।

नेम्वाङ २०६३ मा पुनर्स्थापना भएको अन्तरिम व्यवस्थापिका संसद्को अध्यक्ष थिए। २०६४ र २०७० को दुवै संविधान सभाका अध्यक्ष रहेका नेम्वाङ गत मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा इलाम २ बाट निर्वाचित सदस्य हुन्।

विसं २०५१ मा न्याय कानुन तथा संसदीय राज्यमन्त्री भएका नेम्वाङ सामान्य प्रशासन मन्त्री र स्थानीय विकास मन्त्री भएका थिए। राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानुन व्यवसायी रहेका थिए।

नेम्वाङको निधनको खबरसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्।

समाचार शेयर गर्नुहोस्
491
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.