निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या

463
SHARES

काठमाडौं : काठमाडौं बानेश्वर तिनकुने गैह्रीगाउँको एक काठ मिलमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। दुई पुरुष र दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरी बताएको छ।

दिव्य सःमिलमा शुक्रबार राति ११:५५ बजे बीभत्स अवस्थामा हत्या भएका चारै जनाको पहिचान खुलेको छ। कुमार भुजेल, नविन राई, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

कुमार, सुमित्रा र शुभद्रा एकै परिवारका रहेको प्रहरीले जनाएको छ।

चार जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ। बानेश्वरका डिएसपी शिवराज बुढाथोकीले गैह्रीगाउँमा घटना भएको पुष्टि गरे। ‘घटना भएको हो,’उनले पहिचानसँग भने,‘घटनाको थप विवरण भने आउन बाँकी छ।’

अपडेट गरिएको

समाचार शेयर गर्नुहोस्
463
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.