गैह्रीगाउँ हत्याका शङ्कास्पद ४ जना पक्राउ

गैह्रीगाउँ हत्याका शङ्कास्पद ४ जना पक्राउ

575
SHARES

काठमाडौँ : काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

काठमाडौँ प्रहरी परिसरका डिएसपी अनिल अधिकारीले हत्या आरोपमा चार जना पक्राउ परेको जानकारी दिए। ‘चार जना पक्राउ परेका छन्,’डिएसपी अधिकारीले भने,‘अपराध अनुसन्धान कार्यालय अनुसन्धान गरिरहेको छ।’

गैह्रीगाउँको दिव्य सःमिलमा पूर्ण बहादुर (कुमार) भुजेल, नवीन राई, शुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या भएको अवस्थामा शव फेला परेको थियो।

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या

दोलखाका कुमार सहित उनकी श्रीमती र आमा सहित मोरङका नवीनको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शङ्काको आधारमा चार जनालाई सोधपुछका लागि ल्याइएको कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

हत्यामा संलग्नको किटान नभएको उनले बताए।‘यही नै हो भन्ने छैन,’एसएसपी राठौरले पहिचानसँग भने,‘हामी लागिरहेका छौँ।’

शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

समाचार शेयर गर्नुहोस्
575
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.