गैह्रीगाउँ हत्या : ‘बोल्न नसक्ने’ भण्डारीको मात्रै संलग्नता

गैह्रीगाउँ हत्या : ‘बोल्न नसक्ने’ भण्डारीको मात्रै संलग्नता

काठमाडौं : काठमाडौँको गैह्रीगाउँ सामूहिक हत्यामा एक जनाको मात्रै संलग्नता पुष्टि भएको छ। बोल्न नसक्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीले एक्लैले एकै परिवारका तीन सहित चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको दाबी गरेको छ। तीनकुनेमा खुकुरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोला स्थित साथीको घरमा पुगेका थिए।

राति मूल गेट लगाएको बेला उनी रुखमा चढेर घरको कम्पाउन्डभित्र पुगेका थिए। तर त्यहाँ उनले साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई आइतबार प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको जनाएको छ।

सामान्य विवादमै हत्या गर्ने डरलाग्दो प्रवृत्ति

पक्राउ परेपछि उनले कापीमा ‘आइ किल्ड फोर पिपल’ लेखेर बयान दिएका प्रहरीले जनाएको छ। बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको छ। शुक्रवार राति तीनकुनेको दिव्य सःमिलमा धनकुटाका नवीन भनिने विशाल राई दोलखा घर भएका कुमार भनिने पूर्णबहादुर भुजेल, श्रीमती अम्बिका भुजेल, आमा सुभद्रा भुजेलको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो।

यसअघि प्रहरीले सोधपुछका लागि दीपेन्द्र राई सहित नियन्त्रणमा लिएका चारै जना छुटेका छन्। मारिएकामध्ये मोरङका नवीन राईसँग उनको रिसीइबी रहेको र सोही कारण हत्या गरेको भण्डारीले बयान दिएका छन्।

नवीनको हत्याबारे अरू तीन जनाले जानकारी पाएकाले उनीहरूको पनि हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्। केही दिन अघि चाबहिलमा नवीनले चलाएको बाइकको ठक्करबाट भण्डारी घाइते भएका थिए।

आवत जावतका क्रममा तीन चार पटक राइलाई टहरोमा देखेपछि भण्डारी शुक्रवार राति फर्निचरमा पुगेका थिए।

केही विवाद झिकेपछि उनले झोलामा राखेको खुकुरी निकालेर नवीनको हत्या गरी निस्कदैं गर्दा तल्लो तलामा बस्ने तीन जनाले पनि थाहा पाउने डरले उनीहरूको हत्या गरेको उनले स्वीकार गरेका घटना छानबिन समितिका संयोजक समेत रहेका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.