संविधान दिवसको भोलि पल्ट ‘थकाई बिदा’

संविधान दिवसको भोलि पल्ट ‘थकाई बिदा’

335
SHARES

काठमाडौं : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले संविधान दिवसकाे भोलि पल्ट असोज ४ गते थकाई बिदा दिने निर्णय गरेको छ।

संविधान दिवसको अवसरमा नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको नगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिहरूलाई थकाई बिदा दिने निर्णय गरेको हो।

विगत तीन दिन देखि लगातार व्यवस्थापन गर्ने कार्यमा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि थकित भएका कारण असोज ४ गते बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

७५३ स्थानीय तह मध्ये ‘थकाई बिदा’ दिने निर्णय गर्ने मण्डनदेउपुर पहिलो स्थानीय तह बनेको छ।

समाचार शेयर गर्नुहोस्
335
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.