निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

शिक्षकविरुद्ध शिक्षक नै आन्दोलित

शिक्षकविरुद्ध शिक्षक नै आन्दोलित

383
SHARES

काठमाडौं : शिक्षक विरुद्ध शिक्षक नै आन्दोलनमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा तीन सम्म काठमाडौँ केन्द्रित आन्दोलन थालेका शिक्षकहरूको नेतृत्वकर्ता नेपाल शिक्षक महासङ्घले सरकारसँग ६ बुँदे सहमतिसँगै आन्दोलन स्थगित गरेपछि स्थायी र राहत, पेन्सन पीडित,बालविकास शिक्षकबीच फाटो देखिएको हो।

सरकारसँगको सहमतिपछि स्थायी शिक्षकहरू विद्यालयमा फर्केर पढाउन थालेका छन्। तर अस्थायी, राहत, पेन्सन पीडित,बालविकास शिक्षकहरू भने महासङ्घले नै धोका दिएको बताउँदै सरकार र महासंघबिरुद्ध नै आन्दोलन गरिरहेका छन्।

शिक्षक महासंघबिरुद्ध चर्का नाराबाजी गर्दै शिक्षकहरूले आइतबार पनि काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। नेपाल राहत शिक्षक महासङ्घका महासचिव कुमार बजगाईँले सरकारसँग महासङ्घ निरीह बनेर घुँडा टेकको आरोप लगाउँदै देशभरका अस्थायी प्रकृतिका एक लाख शिक्षक उतार्ने चेतावनी दिए।

अस्थायी शिक्षकको गुनासो, सहमतिको ड्राफ्टमा बदमासी

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले भने धोका नदिएको भन्दै सरकारसँग भएको सहमतिको बचाउ गरेकी छन्। १०० प्रतिशत नै माग सम्बोधन गर्ने भनेर गए पनि नभएको भन्दै समन्वयकारी भूमिका भने निर्वाह गर्ने उनले बताइन।

शिक्षकहरू आन्दोलनमा रहँदा सरकार भने महासङ्घसँग गरेको सहमति पछि मौन बसेको छ। शिक्षकहरुबीचको जुहारी हेरेर सरकार रमिते बनेको शिक्षाविद्हरूको टिप्पणी छ।

यो पनि

शिक्षकसँग सहमति : सम्झाउने पूर्णबहादुर, अन्त्य गर्ने नारायणकाजी

समाचार शेयर गर्नुहोस्
383
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.