आश्वासनको पोको बोकेर फर्किए प्रधानमन्त्री

आश्वासनको पोको बोकेर फर्किए प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन्। भदौ ३० गते अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड असोज ४ गते त्यतैबाट चीन उडेका थिए।

विश्वका शक्तिशाली दुई देशको भ्रमणबाट प्रधानमन्त्री प्रचण्डले आश्वासनै आश्वासको पोको बोकेर आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणका ४० बुँदे उपलब्धि सुनाए।

यसअघिका भ्रमण जस्तै प्रधानमन्त्री प्रचण्डले पनि भ्रमण फलदायी भएको बताए। उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो उपस्थिति बढाएको दाबी गरे।

आफूलाई चिनियाँ सेनाले १९ तोपको सलामी दिएकोमा प्रचण्डले खुसी व्यक्त गरे। चीन र नेपालबीच झन्डै चार वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण आफूले गरेको उल्लेख गर्दै प्रचण्डले विगतमा भएका समझदारी कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको बताए।

नेपालको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको विषयमा समेत कुरा गरेको बताएका प्रचण्डले कोभिडअघि सञ्चालनमा रहेका र अरू थप नाका खोल्ने विषयमा पनि चीनसँग सकारात्मक कुराकानी भएको सुनाए।

चीनका विभिन्न सहरबाट सिधा उडान गर्नेदेखि तिब्बतसँग नेपालको सिधा कनेक्टिभिटीबारे पनि सहमति भएको प्रधानमन्त्रीले बताए। प्रधानमन्त्री प्रचण्डले भ्रमणमा नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय सद्भाव आवश्यक रहेको बारे कुरा गरिएको पनि जानकारी दिए।

अमेरिका र चीन भ्रमणबाट फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग सरकारको काम कारबाहीबारे जानकारी लिएका छन्। प्रचण्डले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका खड्कासँग ब्रिफिङ लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले एक दुई दिन पछि अमेरिका र चीन भ्रमणबारे संसद्लाई पनि जानकारी गराउनेछन्। भ्रमण सकेर फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्डलाई सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले ध्यानाकर्षण पत्र बुझाएको छ।

अध्यक्ष माधवकुमार नेपालसहितका नेता बालुवाटार पुगेर गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रधानमन्त्री प्रचण्डलाई देशमा रोजगारी गुम्दै गएको, महँगी बढेको, श्रमजीवी, मजदुर र गरिबको जीवन झन् कष्टकर बनेको भन्दै गम्भीर बन्न ध्यानाकर्षण पत्र बुझाएको एकीकृत समाजवादीले जनाएको छ।

कतिपय अवाञ्छित तत्त्व देशमा जातीय, धार्मिक–सांस्कृतिक द्वन्द्व मच्चाउन लागि परेका ध्यानाकर्षण पत्रमा उल्लेख छ। देशमा देखिएको चौतर्फी सङ्कट समाधान गर्न सरकारले गम्भीर कदम नचाले परिस्थिति झन् खराब हुन सक्नेतर्फ सचेत गराइएको छ।

देशमा देखिएको चौतर्फी सङ्कट समाधान गर्न सरकारले आवश्यक गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुनसक्ने पत्रमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण उपलब्धी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.